लकडाउनले वातावरण शान्त, बजार छिर्न थाले वन्यजन्तु

लकडाउनले वातावरण शान्त, बजार छिर्न थाले वन्यजन्तु

बेनी : लकडाउन लम्बिदै जाँदा वातावरण शान्त भएपछि वन्यजन्तुहरु बजारभित्रै देखिन थालेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस रोकथामका लागि चैत ११ गते लकडाउन सुरु भएयता म्याग्दीमा दुईवटा चितुवा र एक रतुवा मृगको पाठो बस्तीमा भेटिएका छन्। 

सवारी साधन र मानिसको चहलपहल घटेपछि वातावरण शान्त भएको र वन्यजन्तुहरु आहराको खोजीमा बस्तीमा आउने गरेको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए। 

‘वन्यजन्तु बस्तीमा आउनुको मुख्य कारण आहारको खोजी नै हो,’ उनले भने ‘लकडाउनपछि वातावरण शान्त भएकाले बजारभित्र आएका हुन सक्छन्।’ चैत तेस्रो साता बेनीको क्याम्पसचोकस्थित रुची सिनेमा घरमा दुईवटा बच्चा सहित पोथी चितुवा भेटिएको थियो। 

वैशाख यही शुक्रबार बेनी बजारनजिकै रहेको खबरा स्थत प्रेम कुँवरको कुखुराको खोरभित्र बयस्क चितुवा पसेको थियो । सिनेमा घरमा आएको चितुवा नियन्त्रणमा लिने प्रयास गर्दा आफैँ भागेर जंगलतर्फ गएको थियो । अर्काे दिन आएर आफ्ना बच्चा पनि लगेको थियो । खबरामा भेटिएको चितुवा प्रहरी र वन प्राविधिकले नियन्त्रणमा लिई जंगलमा छाडेका थिए । सो चितुवाले कुँवरका १२ वटा कुखुरा मारेको थियो। 

यसैगरी शनिबार राति बेनी बजारकै अस्पताल चोकमा चितुवा देखिएको स्थानीय डकमाया पाइजाले बताइन् । उनका अनुसार चितुवाले कुकुरलाई मारेर जंगलतर्फ भागेको थियो । बस्तीमा आउने चितुवाले मानिसलाई आक्रमण गर्ने डरले स्थानीय त्रसित भएका छन्। 

गतसता रघुगंगा गाउपालिका–२खरबारीमा रतुवा मृगको पाठो भेटिएको थियो । सो पाठोलाई वन प्राविधिक, प्रहरी र जनप्रतिनिधिको रोहबरमा जंगलमा लगेर छाडिएको थियो । चितुवाको मुख्य आहरा रतुवा र घोरल हुन्। 

पहाडी क्षेत्रको जंगलमा झाडी बढेपछि घोरल र रतुवा मृग बस्ती नजिकका वनमा चर्नका लागि झरेको वन प्राविधिक बताउछन् । घोरल र रतुवा मृग खोज्दै चितुवा पनि बस्ती नजिकका वनमा आएको अनुमान छ ।

निमित्त डिभिजनल वन अधिकृत खनालका अनुसार साँझको समयमा वत्ति नबलेको, आगनमा बालबच्चा खेलेको, बाख्राको खोर भएको जंगल छेउको घरमा चितुवाले आक्रमण गर्ने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.