लकडाउनमा आयोजनाको काम धमाधम

लकडाउनमा आयोजनाको काम धमाधम

भोजपुर : कोरोना संक्रमणको सावधानी अपनाउँदै सरकारले लगाएको लकडाउनमा पनि विकासे आयोजनाको काम अघि बढिरहेको छ। मजदुरको स्वास्थ्य सुरक्षा र लकडाउनको पालना गर्दै महत्वपूर्ण आयोजनाका काम नियमित गरिएपछि आयोजनाको काम अघि बढेको हो।

सरकारले स्वास्थ्य सुरक्षा अपनाउँदै महत्वपूर्ण आयोजनाका काम अघि बढाउन स्वीकृति दिएकाले पनि कामले निरन्तरता पाएको हो । लकडाउनले जिल्लाभित्रै रहेका मजदुरको स्वास्थ्य सुरक्षाको सावधानी अपनाउँदै निर्माण कार्य अघि बढाएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । उनले भने, 'लकडाउनका कारण रोकिएका महत्वपूर्ण ठूला आयोजनाका काममा सरकार अनुमति भएकाले सुरक्षित साथ अघि बढाएका छौँ, जिल्ला भित्रिने मजदुर र सर्वसाधरणलाई रोक लगाएका छौँ,' कामदारको नियमित स्वास्थ्य परीक्षणसँगै निर्माण स्थलमा सामाजिक दुरी पनि कायम गरिएको छ।'

प्रदेश सरकारको लगानीमा निर्माणाधिन पिखुवा खोला पुल, कावा खोला पुल, सिक्तेल पुल, ओरी खोला पुल निर्माणका कामले निरन्तरता पाएका छन् । त्यस्तै टक्सार पिखुवा खोला जलविद्युत्त आयोजना, ईर्खुवा खोला जलविद्युत्त आयोजना, चिर्खुवा खोला जलविद्युत्त आयोजनाका काम पनि सञ्चालनमा छन् । लकडाउनका कारण निर्माण कार्यमा अवरोध आउने भएकाले जिल्लाभित्र रहेको जनशक्तिलाई नै परिचालन गरिएको टक्सार पिखुवा खोला हाईड्रोपावरका सिभिल इन्जिनियर विश्वास पण्डितले बताए । 

'लकडाउनका कारण निर्माण कार्य रोकिने भएकाले सुरक्षा संयत्र अपनाएर काम अघि बढाइएको हो,' उनले भने, 'विगत ५÷६ महिनादेखि कामदारको निमितता हुन नसक्दा बेलाबेला काममा अड्चन आएको थियो, त्यसैले हामीसँग जति जनशक्ति छ त्यति नै परिचालन गरेका छौँ।'

निर्माणाधिन ती विकासे आयोजनाका कच्चा सामग्री ढुवानीमा जिल्ला प्रशासन र स्थानीय प्रशासनले सवारी पास दिएको छ । निर्माण कार्यमा आवश्यक इन्धनका लागि सहजीकरण गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.