रतुवाको सिकार गर्ने पाँच पक्राउ
दाङ : दाङको शान्तिनगर गाउँपालिका २ अम्मुवामा रतुवा शिकार गरी मासु खाने पाँचजनालाई डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले पक्राउ गरेको छ । गरी भागवन्डा लगाइ बाँडिरहेको अवस्थामा सोमबार पाँचजनालाई पक्राउ गरेको वन कार्यालयले जनाएको छ ।
५ जनालाई रतुवाको मासुसहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए। वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीय जम्मा भई खुर्पा, ढुंगा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताए ।
मारिसकेपछि गाउँले मिली मासु भागभन्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्र बहादुर भण्डारी रहेका छन्।
घटनाका विषमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !