क्वारेन्टाइनम जन्मियो बच्चा

क्वारेन्टाइनम जन्मियो बच्चा

सुर्खेत : सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिलाले बच्चा जन्माएकी छन्। पञ्चपुरी नगरपालिकास्थित विद्यापुर क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी स्थानीय कमला नेपालीले बच्चा जन्माएकी हुन्। पञ्चपुरी-७ छाप्रे घर भएकी उनी केही दिनअघि श्रीमान्सँगै चितवनबाट सुर्खेत फर्किएपछि क्वारेन्टाइन बसकी थिइन्।

नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाका अनुसार सुत्केरी कमलालाई नजिकैको सालकोट स्वास्थ्य चौकीमा लिएर स्वास्थ्य चेकजाँचपछि आफन्तको घरमा राखिएको छ। उनले मंगलबार छोरा जन्माएकी हुन्।

 बच्चाको तौल ३ किलोग्राम छ। ‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणपछि उनलाई आफन्तको घरमा राखेका छौं’, नगरप्रमुख थापाले भने, ‘उनलाई उनकै घर लैजान सम्भव भएन। सुत्केरी आमा, बच्चा र सुसारे उनका श्रीमान्लाई लाग्ने सबै खर्च नगरपालिकाले व्यवस्थापन गर्ने गरी आफन्तको घरमा राखिएको छ।’ लकडाउनका बेला चितवनबाट घर फर्किएका उनीहरूलाई गाउँ छिर्ने वातावरण नभएपछि नगरपालिकाले विद्यापुरमै क्वारेन्टाइनमा राखेको थियो।

कमला आफ्ना श्रीमान्सँगै चितवनमा ठेलामा मःमः बनाएर बिक्री गर्थिन्। लकडाउन लम्बिँदै गएपछि चितवनमा खान, बस्नको समस्या हुँदा उनीहरू गाउँ फर्किएका हुन्। गाउँ छिर्न खोज्दा गाउँलेले नै विरोध जनाएपछि गर्भवती अवस्थामै क्वारेन्टाइन बस्न बाध्य भएको सुत्केरी कमला नेपालीको भनाइ छ। ‘गाउँमा कोही नयाँ मान्छे छिर्नेबित्तिकै गाउँलेले नै क्वारेन्टाइनमा लैजाऊ भनेर नगरपालिकालाई खबर गर्नेरहेछन्’, उनले भनिन्, ‘गाउँ गएर क्वारेन्टाइन फिर्ता हुुनुभन्दा आफंै क्वारेन्टाइनमा बसेका हौं। अहिले मेरो स्वास्थ्य अवस्था ठीक छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.