कोरोनाबाट बच्न घरमै आचारसंहिता

कोरोनाबाट बच्न घरमै आचारसंहिता

दैलेख : कोरोना भाइरसको संक्रमणबाट बचाउन दैलेखका बालबालिकाले घरमै आचारसंहिता निर्माण गरेका छन्। जिल्लाको भैरबी गाउँपालिकाका बालबालिकाले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्न तथा सर्तकताका लागि घरमै आचारसंहिता निर्माण गरेका हुन्।

भैरबी गाउँपालिका-५ का १३ वर्षीया ममता शाही कक्षा ८ मा अध्ययनरत छिन्।उनले घरपरिवारका सबै सदस्यलाई जम्मा गरेर आचारसंहिता निर्माण गरेकी छन्।‘घर परिवार सबै बसेर आचारसंहिता निर्माण गरेका छांै’, ममताले भनिन् ‘घरमा बनाएको आचारसंहिता परिवारका सबै सदस्यले पालना गरिरहनु भएको छ।’

उनी जस्तै भैरबी गाउँपालिका-४ का मार्सल विश्वकर्माले स्वास्थ्य, सरसफाई लगायतलाई समावेश गरे आचारसंहिता निर्माण गरेका छन्। भैरबी गाउँपालिकामा विभिन्न वडामा रहेका बाल क्लबमा आबद्ध बालबालिका तथा युवा क्लबमा आबद्ध युवाले घरमै आचारसंहिता निर्माण गरेका हुन्।

उनीहरूले निर्माण गरेको आचारसंहितामा घरका सबै सदस्यले नियमित हात धुनुपर्ने, नियमित मास्कको प्रयोग गर्नुपर्ने, माछामासु नखाने, खानै परे राम्रोसँग पकाएर खाने, शौचालय तथा घर आँगन सफा राख्ने, विदेशबाट आएका व्यक्तिको सम्पर्कमा नजाने उल्लेख छ।

आचारसंहितामा अन्य मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्ने उल्लेख छ।आफ्ना छोराछोरीले बनाएको नियम परिवारका सबैले पालना गरिरहेको स्थानीय जसनाकुमारी शाही बताउँछिन्।

गाउँपालिकाका करिब ३० घरमा यस्तो आचारसंहिता निर्माण गरिएको छ।सिमित घरबाट सुरु भएको आचारसंहिता निर्माण अहिले सबैघरहरूमा विस्तार हुन थालेको शाही बताउँछिन्।

यसअघि सोसेक दैलेखले बालबालिकालाई घरमा आचारसंहिता निर्माणसम्बन्धी तालिम प्रदान गरेको थियो।केही वडाका बालबालिकाले आ-आफ्नो घरमा थालनी गरेको सचेतना अभियान गाउँपालिकाका सबै वडामा विस्तार गर्ने गाउँपालिकाको योजना छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा भन्छन्, ‘बालबालिकाले चालेको कदमले गाउँपालिकाले चलाएको प्रचारप्रसारको गतिविधिमा थप मद्दत पुगेको छ। सबै टोल बस्तीमा विस्तार गर्न पहल गरिरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.