प्रहरीकै नाममा 'सुसाइड नोट' लेखेर आत्महत्या

प्रहरीकै नाममा 'सुसाइड नोट' लेखेर आत्महत्या

बागलुङ : बागलुङ नगरपालिका -३ की ३० वर्षीया सम्झना किसानको 'आत्महत्या' प्रकरण थप रहस्यमय बनेको छ । उनी बागलुङ नगरपालिका-२ माझकोटस्थित डेरामा गत मंगलबार आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

बिहान ११ बजे सम्म पनि ढोका बन्द भएको र नउठेको पाएपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा सिलिङमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आत्महत्याको खबर लगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले घटनास्थलको अवस्था हेर्दै मुचुल्का संकलन गरेर शव पोस्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लगेको थियो । उनको शवको पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।

प्रहरीले मुचुल्का संकलन गरेर फर्किए पछि स्थानीय महिलाले कोठामा खोजतलास गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको 'सुसाइड नोट' फेला परेपछि घटना थप रहस्यमय देखिएको छ ।

प्रहरीका नाममा लेखिएको 'सुसाइड नोट' मा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख छ । 

गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमानसँग सम्बन्ध विच्छेद भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् । उनका पूर्वपति तर्फ एक सानी छोरी छन् । 'सुसाइड नोट'मा श्रीमानसँग पनि सम्बन्ध विच्छेद गरेको र प्रेम सम्बन्धपछि सम्पर्कमा रहेका प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि आफू यता न उता भएर आत्महत्याको बाटो रोज्नु परेको लेखेकी छन्। 

सोही नोटमार्फत उनले आफूले आत्महत्या गरेपनि पेटमा भएको बच्चाको डीएनए परीक्षण गरेर भए पनि दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् । 'सुसाइड नोट' फेला परेसँगै सम्झनाका माइती र आफन्तले 'आत्महत्या' गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गरेका छन् । 

मृतक सम्झनाका बुवा खड्कबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य पारिएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध 'आत्महत्या दुरुत्साहन' को मुद्दा दर्ता समेत दर्ता गराएका छन् । 'प्रेमको नाटक रचेर यौन स्वार्थ लुटेर अलपत्र पार्ने नियतका कारण छोरीले मृत्युको बाटो रोजेको पायौँ,' खड्कबहादुरले भने, 'आत्महत्याका पछाडि प्रहरीनै कारक रहेको पाइयो, रक्षक नै भक्षक भएपछि के लाग्दो रहेछ र ? हामीले छोरी गुमाए पनि न्यायको आशासहित दुरुत्साहन मुद्दा दर्ता गराएका छौं।'

'महिला मृत अवस्थामा फेला परेको सूचना पाएलगत्तै घटनास्थलमा पुगेर मुचुल्का संकलन गरेर अनुसन्धान थालेका छौं,' जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले भने, 'घटनास्थलमा प्रहरीले फेला नपारेको तरपछि 'सुसाइड नोट' समेत हाम्रै नाममा भेटिएको पाइएको छ, त्यो कहाँबाट कसरी देखियो भन्ने बारेमा प्रहरीले विस्तृत रुपमा अनुसन्धान सुरु गरेको छ।'

मृतक महिलाले प्रहरी जवानसँग प्रेम सम्बन्ध रहेको खुले पनि अरु विषयमा अनुसन्धान जारी रहेको एसपी भट्टले जानकारी दिए । 'प्रहरी होस् या अरु जो कोही होस्, अपराध कर्म गरेपछि सजायको भागिदार हुन्छ र हुनैपर्छ,' उनले भने, 'यदि प्रहरीले अपराध गरेको छ भने उम्कन सक्दैन, आरोपितलाई अब नियम कानुनअनुसार अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउँछौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.