मेलम्ची खानेपानीको काम जारी, असारमा पानी ल्याउने लक्ष्य

मेलम्ची खानेपानीको काम जारी, असारमा पानी ल्याउने लक्ष्य

काठमाडौं : बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ। आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी लामिछानेले जानकारी दिए। आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन्।

सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन एवं मूल्याङ्कनसमेत भइरहेको उनले बताए। बिहीबार मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, निर्माण कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधिबीच सुन्दरीजलका कामको स्थलगत अनुगमनपछि अझ गतिका साथ काम अघि बढाउने विषयमा सहमति भएको थियो। एक महिनामा सुन्दरीजलको काम सक्ने सहमति छ।

सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ। उति नै क्षमताको अर्को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। एक महिनामा सुन्दरीजलको प्रशोधन केन्द्रको काम पनि सक्ने गरी काम भइरहेको जनाइएको छ। असार मसान्तसम्म मेलम्ची खोलाको दैनिक १७ करोड ७० लाख लिटर पानी सुन्दरीजलमा झार्ने आयोजनाको लक्ष्य छ। पानी झरेपछि सुन्दरीजलका दुई प्रशोधन केन्द्रमा परीक्षण गरी उपत्यकामा वितरण गरिने छ।

पानी वितरणका लागि पहिलो चरणको सञ्जाल उपत्यकाभर निर्माण भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। सञ्जाल निर्माणमा दोस्रो चरणको काम पनि भइरहेको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहान क्षेत्रमा हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए। बन्दाबन्दीमा पनि सुरक्षाका सबै विधि अपनाएर आयोजनाको काम भइरहेको छ। सुन्दरीजल र मेलम्ची दुवैतिर काम गर्ने कामदारलाई कार्यस्थलमै आवासीयरूपमा बस्ने व्यवस्था निर्माण कम्पनी सिनो हाइड्रोले गरेको छ।

मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म करिब २७ किमीको सुरुङ तयार भइसकेको छ। सुरुङभित्र फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। बन्दाबन्दीले काममा केही प्रभाव परे पनि असारको आसपासमा पानी ल्याउने आयोजनाको लक्ष्य जारी छ। यसअघि विसं २०७३ देखि पटकपटक मेलम्चीको पानी राजधानीमा ल्याउने मिति सारिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.