कोरोना : ६१ हजारको परीक्षण, २३ हजार क्‍वारेन्टाइनमा

कोरोना : ६१ हजारको परीक्षण, २३ हजार क्‍वारेन्टाइनमा

काठमाडौं : कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट अहाउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ। 

प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन्। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेश नं १ मा दुई हजार ८६५, प्रदेश नं २ मा एक हजार ३९१, वाग्मती प्रदेशमा ५११, गण्डकी प्रदेशमा ६३२, प्रदेश नं ५ मा ११ हजार ३०४, कर्णाली प्रदेशमा पाँच हजार ५७१ व्यक्ति क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

हालसम ६१ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ९८ र आरडिटीमार्फत ४८ हजार ५२९ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा मात्रै एक हजार २५२ को परीक्षण गरिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार २८२, प्रदेश नं २ मा पाँच हजार ६८७, वाग्मती प्रदेशमा पाँच हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ४११, प्रदेश नं ५ मा चार हजार २४०, कर्णाली प्रदेशमा पाँच हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ आरडिटी परीक्षण गरिएको हो। हाल काठमाडौँमा चार र उपत्यका बाहिर ८५ गरी ८९ शंकास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ। 

मन्त्रालयले कल सेन्टरमा दुई हजार ८४ कलको सम्बोधन गरिएको जनाएको छ। अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार पुगेको छ। हाल ३१९ जना रेड जोनमा रहेका र उनीहरुलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ।  

विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण शुरु भएकाले कूल १७ स्थानबाट सेवा थालिएको डा देवकोटाले जानकारी दिए।

आज पनि कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५९ नै रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४९ जना पुरुष र १० महिला छन्। हालसम्म १६ जना निको भएर फर्किएका छन्। कूल ४३ जना उपचाररत छन्। रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक÷एक, वीरगञ्जमा आठ र विराटनगरमा ३१ जना उपचाररत छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.