जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

कैलाली : गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। पीडित युवतीबाट श्रीमानसमेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

त्यस्तै सोही घटनामा प्रहरीसँग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुससहित वडा नं ११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.