गोरखाको चेपाङ बस्तीमा दादुराको महामारी

गोरखाको चेपाङ बस्तीमा दादुराको महामारी

गोरखा : गोरखाको गण्डकी गाउँपालिकाको चेपाङबस्तीमा दादुराको महामारी फैलिएको छ। गाउँपालिका–६ को ह्विलिङमा तीनजना बालबालिका र वडा नम्बर ७ को क्षेत्रीखोलाका पाँच जना चेपाङ समुदायमा दादुरा फैलिएको हो। 

वडा नम्बर ६ ह्वीलिङका एकै घरका १२ र नौ वर्षका र अर्को एक घरका आठ वर्षका बालकमा दादुराका बिरामी रहेको स्थानीय बेलु चेपाङले जानकारी दिइन्। त्यस्तै वडा नम्बर ७ क्षेत्रीखोलाका छ महिना, चार, १४, १८ र २९ वर्षका स्थानीय संक्रमित भएको गीता चेपाङले बताइन्। 

उनीहरुमध्ये ह्विलिङका तीन जनालाई निको भइसकेको बेली चेपाङको भनाइ छ। क्षेत्रीखोलाका चार जनाको अवस्था सामान्य रहेको र एकजना गम्भीर बिरामी रहेको स्थानीय श्रीमाया चेपाङले जानकारी दिइन्। 

२९ वर्षकी राममाया चेपाङको अवस्था गम्भीर रहेको उनको भनाइ छ। ‘राममाया मेरो नन्द हो। छ दिनदेखि एक सय चार डिग्री भन्दा बढी ज्वारो आइरहेको छ’, उनले भनिन्, ‘उच्च ज्वारो आउने, टाउँको दुख्ने, बान्ता आउने, पखाला लाग्ने, घाँटी सुख्खा हुने, दुख्ने भएर सिकिस्त छन्।’ अरु पनि दुई हप्ताअघिदेखि बिरामी रहेको उनले बताइन्।

स्वास्थ्य कार्यालय गोरखाले क्षेत्रीखोलामा दादुराको महामारी फैलिएको जनाएको छ। ‘बेनिघाट रोराङमा दादुराको महामारी फैलिएपछि सीमानामा पर्ने हाम्रो चेपाङबस्तीमा पनि महामारी फैलन सक्छ भनेर हामीले निगरानी गरिरहेका थियौँ’, कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले भने, ‘अब शुक्रबारदेखि त्यहाँ खोप अभियान चलाउँछौं।’ 

महामारीको पुष्टि भएपछि आइतबार स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिले गाउँपालिकामा आएका छन्। उनीहरुले महामारी नियन्त्रण गर्ने बारे अभिमुखीकरण कार्यक्रम गरेका गण्डकी गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख बेलिमाया श्रेष्ठले जानकारी दिइन्। गाउँमै स्वास्थ्यकर्मी बसेर सरसफाइ र पोषणको कार्यक्रम गरिरहेको र भिटामिन ए क्याप्सुल खुवाइएको उनले बताइन्। 

गण्डकी गाउँपालिका ७ क्षेत्रीखोलाका दादुराका बिरामी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.