राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शुक्रबार सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य संघठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए।
शुक्रबार अपराह्न ४ बजेदेखि शुरु हुन लागेको संघीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
भेटमा चार बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल भएको हो । सभामुख सापकोटाले राष्ट्रपतिलाई चालु वर्षे अधिवेशन सञ्चालनका विषयमा छलफल गरेका छन् ।
सभामुखले भेटमा राष्ट्रपतिलाई कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस !