आजदेखि गोरखामा पाँच दिन सिल, खाद्यान्‍न ढुवानी पनि बन्द

आजदेखि गोरखामा पाँच दिन सिल, खाद्यान्‍न ढुवानी पनि बन्द

गोरखा : कोरोना विपद व्यवस्थापन केन्द्र जिल्ला स्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समितिको बुधबार सम्पन्न संयुक्त बैठकले बिहीबारदेखि पाँच दिन गोरखा जिल्ला सिल गर्ने निर्णय गरेको छ। देशभर तीब्र गतिमा बढिरहेको कोरोना संक्रमण फैलन नदिन भन्दै आवागमन तथा ढुवानीका साधन रोक्ने निर्णय गरेको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए।

‘अस्पतालबाट रिफर भएको बिरामी, घाइते, किरियापुत्री, मलामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, वडाअध्यक्ष वा सोभन्दा माथिल्लो तहका जनप्रतिनिधि वा उनका सवारी साधनबाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिर आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘खाद्यान्न, निर्माण सामग्री लगायतका ढुवानीको काम पनि ठप्प पार्ने निर्णय भएको छ।’ बैंक, वित्तीय संस्था, बिमा तथा सहकारीका काउण्टरहरु बन्द गर्ने र इबैंकिङ सिस्टममार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय गरेको सूचना अधिकारी रोकाले जानकारी दिए।

खाद्यान्न, तरकारी, पशुपंक्षी, दाना, औषधी तथा माछामासुका पसलबाहेकका पसलहरु खुल्न नदिने सो बैठकले निर्णय गरेको छ। साथै बैठकले सम्भावित खाद्य संकट हुन नदिन र विकास निर्माणको कामलाई अघि बढाउन बाँझो जग्गा तथा जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ। ‘बिभिन्न गैरसरकारी संस्थाबाट निर्माण सम्बन्धी तालिमप्राप्त जनशक्तिको तथ्यांक वडा कार्यालयले राख्ने र आवश्यक पर्ने निर्माण कम्पनी तथा घरेलु तथा साना उद्योग कार्यालयमा उपलब्ध गराउने निर्णय भएको छ’ सूचना अधिकारी रोकाले भने।

लामो समयको लकडाउनका कारण हुनसक्ने खाद्य संकटबाट जोगाउन सबै पालिकाहरुले वडा कार्यालयको मद्दतमा खेतीयोग्य जमिनको लगत संकलन गर्ने, बाँझो जग्गा उपयोगसम्बन्धी कार्यविधि बनाउने, कार्यान्वयन गर्ने निर्णय भएको छ। खेतीयोग्य जमिनलाई बाँझो राखेमा कारबाही गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि भएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.