संक्रमितको स्याहारमा ‘रोबर्ट नर्स’

संक्रमितको स्याहारमा ‘रोबर्ट नर्स’

बुटवल : सेतो पहिरन, रेडक्रस कोरिएको सेतै टोपी। हातमा औषधि, स्यानिटाइजर, पानी र केही फलफूलसहितको थाली। झट्ट देख्दा लाग्छ यी नर्स हुन्, जो बिरामीको स्याहारमा जुटेकी छन्। बुटवलका जुम्ल्याहा दाजुभाइले तयार पारेको यो नर्स मानव नभई रोबर्ट हो। जसले नर्सले जस्तै बिरामीलाई औषधि, खानेकुरा पुर्‍याउन सक्छ। यसलाई कन्ट्रोल रूपमा बसेर कजाउन सकिन्छ।

कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पतालहरू बिरामीले भरिएका छन्। उनीहरूको सेवामा खटिने जनशक्ति व्यवस्थापन चुनौती छ। त्यसमाथि सुरक्षण उपकरण प्रशस्त छैनन्।

यस्तै, अभावलाई पूर्ति गर्ने र कम जनशक्तिबाटै संक्रमितको सेवा गर्ने हेतुले बुटवलमा ‘रोबर्ट नर्स’ तयार गरिएको छ। बुटवलका रोबर्ट ब्वाई भनेर चिनिने जुम्ल्याहा लव र कुश पन्थीले रोबर्ट नर्स बनाएका हुन्। जसलाई गो–गो कोरोना रोबर्ट नाम दिइएको छ।

एक महिना लामो प्रयासमा लव र कुशले यो रोबर्ट तयार गरेका हुन्। यसलाई उपयोगका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयलाई दिइएको छ। मन्त्रालयले कोरोना विशेष अस्पतालमा रोबर्ट प्रयोग गर्ने जनाएको छ।

रोबर्टले बिरामीका लागि औषधि, खानेकुरा पुर्‍याउन सक्छ। यसले बिरामीसँग कुराकानी गर्ने, मनोरञ्जन गराउनेसमेत गर्न सक्छ। लुकु (लवकुश) भर्जन–७ सफ्टवेयर प्रयोग गरिएको यो रोबर्टलाई बहुउपयोगी मानिएको छ। आविष्कारक लव पन्थीका अनुसार रोवर्ट ६ फिट अग्लो छ। हाइटेक माइक्रोफोन, १२ मेगा पिक्सलको क्यामेरा, अल्ट्रासाउन्ड स्पिकर जडान गरिएको छ।

रोबर्टले मानिसको आवाज सुन्ने र जवाफसमेत फर्काउन सक्नेछ। कोरोना बिरामीको उपचारमा प्रयोग गर्ने भएकाले यसमा कोरोना भाइरस धेरै समय बच्ने फलाम र काठको कम प्रयोग गरिएको छ। तामा, कडा प्लास्टिक र कार्डबोर्डबाट रोबर्ट तयार भएको पन्थीले बताए। यसमा उच्च गतिको प्रोसेसर जडान गरिएको छ। जसले रोबर्ट परिचालन र नियन्त्रणको काम गर्ने उनीहरू बताउँछन्।

रोबर्ट चलाउन मोबाइल एपसमेत बनाइएको छ। त्यसो हुँदा रिमोर्ट छोइराख्नु नपर्ने र कोरोना सर्ने जोखिम कम हुने पन्थी दाजुभाइ बताउँछन्। इन्टरनेट नभएको स्थानमा समेत रोबर्ट चलाउन सकिन्छ। रोबर्ट र एपको माध्यमबाट राउटरको सहयोगमा एक किमि दूरीबाटै यसको नियन्त्रण गर्न सकिने उनीहरूको भनाइ छ। मोबाइलबाट रोबर्ट कहाँ छ, के गरिरहेको छ हेर्न सकिन्छ।

७० हजार खर्चमा बनेको यो रोबर्टलाई आवश्यकताअनुसार परिमार्जनसमेत गर्न सकिने कुश पन्थीले बताए। बुटवलको तिलोत्तमा कलेजमा कक्षा ११ मा पढ्ने यी दाजुभाइले अटोमेटिक स्यानिटाइजर छर्कने मेसिन बनाएका छन्। यसको उपयोग तिलोत्तमा नगरपालिकाले बुटवल­–भैरहवा सडकमा गरेको छ। लवकुशले यसअघि कक्षा ९ मा पढ्दा पहिलो पटक रोबर्ट तयार गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.