कोरोना परीक्षणपछि मात्र काठमाडौं प्रवेश गराउन अनुरोध

कोरोना परीक्षणपछि मात्र काठमाडौं प्रवेश गराउन अनुरोध

काठमाडौं : काठमाडौं महानगरपालिकाले बाहिरबाट आउने मानिसलाई कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र काठमाडौं छिर्न दिन गृहमन्त्रालयलाई अनुरोध गरेको छ । महानगरपालिकाको  नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । 

महनगरपालिकले अत्यावश्यक काम परेर काठमाडौं आउनु परेमा कोरोना परीक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको महानगरकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लकडाउनको बेलामा बिनाअनुमति उपत्यका प्रवेश गर्ने र सहयोग गर्नेलाई समेत कार्वाही गर्न गृहमन्त्रालयसँग अनुरोध गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
 

‘लकडाउनको उलंघन गरी अनुमति नलिइ लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाईसमेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई आग्रह गरेका छौँ,’ प्रवक्ता डंगोलले भने ।

त्यस्तै विज्ञप्तिमा अत्यावश्यक कामको लागि काठमाडौं प्रवेश गर्न संघीय मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरुबाट जारी अनुमतिपत्र (पास) बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण राख्न पनि अनुरोध गरिएको छ ।  पास जारी गर्दा नै निजहरु काठमाडौंमा आइ बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं. र घरधनीको नामसहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिकाले सम्बन्धित कार्यालयलाई उपलब्ध गराउनु पर्ने महानगरको निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णयसमेत महानगरले गरेको छ ।

कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी  र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरसको परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको प्रवक्ता डंगोलले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.