कपिलवस्तु अस्पतालकी कोरोना संक्रमित स्वास्थ्यकर्मीको दोस्रो र तेस्रो रिपोर्ट 'नेगेटिभ'
कपिलवस्तु : केही दिनअघि कोरोना संक्रमण देखिएकी कपिलवस्तु अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको छ।उनको दोस्रो र तेस्रो स्वाब रिपोर्ट नेगेटिभ आएको कपिलवस्तु अस्पतालले जनाएको छ।
गत वैशाख ३० गते उनीसहित २९ जनामा कोरोना संक्रमण देखिएको थियो। उनी कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। स्वास्थ्य कार्यालयले गत जेठ १ गते दोस्रो र ४ गते तेस्रो स्वाब नमूना संकलन गरी पठाएको थियो। दुवै परीक्षणको रिर्पोट नेगेटिभ आएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर वन्जाडेले बताए।
उनलाई आइसोलेसन वार्डमा निगरानीमा राखी विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार थप केही दिन निगरानीमा राखिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. वन्जाडेले बताए । महिला स्वास्थ्यकर्मीसँगै कार्यरत कपिलवस्तु अस्पतालका सबै चिकित्सक र स्वास्थ्य कर्मचारी तथा उनको घर परिवार सबैको रिर्पोट नेगेटिभ आएको छ ।
कपिलवस्तु अस्पतालका सबै कर्मचारी र चिकित्सकको कोरोना रिर्पोट नेगेटिभ आएपछि सेवा बन्द गरिएको कपिलवस्तु अस्पताल बुधबारबाट नियमितरुपमा संचालनमा आउने मेडिकल सुपरिटेण्डेन्ट डा. बन्जाडेले बताए।
प्रतिक्रिया दिनुहोस !