कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमितको मृत्यु

बुटवल : गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए।

‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको छ, चौधरीले भने,‘शव व्यवस्थापनको तयारी थालिएको छ।’ विरामीको भेन्टिलेटरमा उपचार भइरहेको थियो। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ। १ सय ९६ जना संक्रमित भएका छन्।

गुल्मीमा कोरोना पोजटिभमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन्। जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका थिए। त्यहाँ निको नभएपछि उनी अर्घाखाचीको छाया पोलिक्लिनिकमा आएका थिए। त्यसपछि मात्रै उनी बुटवल आएका थिए।

उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ। उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ। कोरोना संक्रमणपछि क्रिमसन अस्पताल, अर्घाखाचीको छाया पोलिक्लिनिक शील गरिएका छन्।

बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.