स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारवाही गरिने

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारवाही गरिने

गोरखा : व्यक्तिगत स्वास्थ्य सतर्कताको नाममा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गर्नेलाई पक्राउ गरी कानूनी कारवाही गरिने भएको छ ।

बिहीबार गोरखा जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । ‘कठिन परिस्थितिको बाबजुद ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई घरबेटी, टोलबासीले अपमान गर्ने, अवरोध गर्ने, निकाल्ने, गैरकानूनी चेकजाँच गर्ने, दुव्र्यवहार गर्ने घटना सुन्नमा आएका छन्’, बैठकपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘यस्ता कानून  विपरीतका कार्यहरु गरी मनोवल गिराउन खोज्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गर्ने निर्णय भएको छ ।’

सोही बैठकले लकडाउनका बेला गोरखा प्रवेश गर्नेलाई क्वारेण्टाइनमा राखी कोरोना परीक्षण गरेर मात्र घरमा जान दिने निर्णय भएको छ । सम्बन्धित पालिकाको समन्वयमा समूहगत रुपमा गोरखा प्रवेश गर्नेलाई सम्बन्धित पालिकाले व्यवस्था गरेको मास क्वारेण्टाइनमा राख्ने, कोरोना परीक्षण गर्ने र नतिजाको आधारमा उनीहरुको घर पठाउने निर्णय भएको छ’, प्रजिअ पौडेलले भने, ‘यदि कोही अनौपचारिक ढंगले व्यक्तिगत रुपमा जिल्ला प्रवेश गरेको पाइएमा जिल्ला प्रवेश गर्ने विन्दूमा निर्माण गरिएको मास क्वारेण्टाइनमा १४ दिन राखेर कोरोना परीक्षण गरी सम्बन्धित पालिकाको सम्पर्कमा पठाउने निर्णय भएको छ ।’ क्वारेण्टाइन अवधिभरको खानाको व्यवस्था सम्बन्धित व्यक्तिको घर ठेगाना रहेको पालिकाले व्यहोर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

बैठकले जिल्ला प्रवेश गर्ने प्रमुख नाकाहरु आरुघाट, घ्याल्चोक, मझुवा देउराली क्षेत्र, नयाँ पुल र तुरतुरेमा भएका मास क्वालेण्टाइनलाई थप व्यवस्थित गरी क्षमता विस्तार गर्ने पनि निर्णय गरेको छ ।

यसअघि व्यक्तिगत वा समूहगत रुपमा जिल्ला प्रवेश गर्नेलाई प्रवेश विन्दूमा रहेको क्वारेण्टाइनमा मात्र राख्ने निर्णय भएको थियो । जसले गर्दा क्वारेण्टाइनको क्षमता अपुग हुनसक्ने र एउटै पालिकालाई मात्र व्यवस्थापकीय भार परेकाले निर्णयलाई संशोधन गरिएको हो ।

त्यस्तै बैठकले दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकामा व्यवस्थित क्वारेन्टाइन नभएको हुदाँ तत्काल व्यवस्थित मास क्वारेण्टाइनस्थल निर्माणको व्यवस्था मिलाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।

साथै बैठकले खाद्य सामग्री, निर्माण सामग्री, औषधिजन्य सामग्री, कृषि सामग्री, मल, कुखुराका दाना लगायतका अत्यावश्यकीय सामग्रीहरु बिहान छ बजेदेखि बिहान १० बजेमात्र ढुवानी गर्ने निर्णय गरेको छ । यसअघि साँझ छ बजेदेखि बिहान ६ बजेसम्म मात्र ढुवानी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.