संक्रमितको शव उठेन

संक्रमितको शव उठेन

बुटवल : गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। बुटवलको क्रिमसन अस्पतालमा उनको मृत्यु भए पनि शव व्यवस्थापन हुन सकेको छैन। मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव उठाउन मानेका छैनन्।

जेठ १ गते अस्पतालमा भर्ना गरिएका मृतकलाई भेन्टिलेटरमा उपचार गरिएको अस्पतालले जनाएको थियो। उपचारकै क्रममा बिहीबार बिहान सवा ७ बजे उनको मृत्यु भएको हो। आफन्तले कोरोना पोजेटिभ देखिएपछि डाक्टरहरूले उपचार नै नगरेको आरोप लगाएका छन्। ‘पीपीई नभएको भन्दै उपचारमा कोही पनि गएनन्, हामी नजिकैको कोठामा क्वारेन्टाइनमा बसेका थियौं, भिनाजुलाई राखेको कोठामा डाक्टरहरू गएको देखेनौं,’ मृतकका सालाभाईले भने।

उनले घटनाका छानबिन र अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालामा स्वाब परीक्षण भएको थियो। मृतक पुरुष शिक्षक हुन्। गुल्मी मदाने–६ का उनमा कोरोना कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन। जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका थिए।

त्यहा निको नभएपछि उनी मोटरसाइकलमा अर्घाखाँचीको छाया पोलिक्लिनिकमा आएका थिए। त्यसपछि मात्रै उनी एम्बुलेन्समा बुटवल आएका थिए। अस्पतालको आईसियुमा रहेका उनलाई कृतिम श्वासप्रश्वास गराइएको थियो। तीन दिनसम्म भेन्टिलेटरमा रहे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालका चिकित्सकहरूले बताएका छन्। ‘अन्य अंगमा समस्या थिएन, फोक्सोको समस्या थियो,’ क्रिमसन अस्पताल मणिग्रामका प्रबन्ध निर्देशक शेखर पोखरेलले भने, ‘स्वास्थ्यमा सुधार नआएपछि बचाउन सकिएन।’ उनमा कोरोना संक्रमितमा देखिने लक्षणहरू थिए। ज्वरो र फोक्सोको समस्या कोरोना खास लक्षण हुन्।

उनका भाइले अस्पताल आएर आफैं खाजा खाएका व्यक्ति भेन्टिलेटरमै नजाने दाबी गरेका छन्। ‘बुटवल आएपछि पनि उहाँले आफैंले पाउरोटी र पानी खानुभएको थियो,’ उनले भने। मृतकको ढाडबाट पानी निकालिएको थियो। त्यसपछि मात्रै उनको स्वास्थ्य गम्भीर भएको भाइले दाबि गरे। आफन्तले कोरोना पोजेटिभ रिपोर्टमासमेत शंका व्यक्त गरेका छन्। गाउँमै बसेका उनमा कोरोना लाग्ने सम्भावना नै नरहेको उनीहरूको दाबी छ।

शव व्यवस्थापन गर्ने विषयमा साझ अवेरसम्म छलफल चलिरहेको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले छलफलपछि शव व्यवस्थापन हुने बताए। उनले शव व्यवस्थापन गर्ने स्थानको खोजी समेत भइरहेको बताए। प्रहरीले विभिन्न स्थानमा शव गाड्ने स्थल खोजिरहेको छ। एकाध स्थानमा गाड्न नहुने भन्दै अवरोध गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनको जिम्मा भने नेपाली सेनाले गर्नेछ।

०००

क्रिमसन अस्पताल।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.