पाल्पाका कांग्रेस नेता शाक्यको मृत्यु

पाल्पाका कांग्रेस नेता शाक्यको मृत्यु

तानसेन : नेपाली कांग्रेस तानसेनका पुर्व सभापती एव समाजसेवी चकोरमान शाक्यको निधन भएको छ। उनको उपचारका क्रममा ७७ वर्षको उमेरमा शनिबार काठमाडौमा निधन भएको हो। तानसेन नगरपालिका-३, टक्सार निवासी शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।

शाक्य २०४३ सालमा नेपाली कांग्रेसको तर्फबाट तानसेन नगरको प्रधानपञ्चको उम्मेदवार बनेका थिए। उनले पञ्चायत विरोधी आन्दोलनमा कांग्रेसको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाली कांग्रेसका नेता राजेन्द्र गोपाल सिंहले बताए।  २०५० सालमा नेपाली काँग्रेस तानसेन नगरको नगर सभापति बनेका शाक्य पार्टीमा इमान्दार र क्रियाशलि रहेकै कारण २०७२ सम्म निरन्तर नगर सभापतिको पदमा रहेर  काम गर्दै आएका थिए। शाक्य २०४५ मा पाल्पा उद्योगा वाणिज्य संघको अध्यक्ष हुँदै  पाल्पाबाट पहिलो केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

शाक्य  हाल नेपाल नेत्र ज्योती संघ पाल्पाको अध्यक्ष, पाल्पा लायन्स लाकौल आखाँ अस्पतालको अध्यक्ष, तानसेन खानेपानी उपभोक्ता समितीको अध्यक्ष रहेका थिए। लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व. शाक्यले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सिंङ्गो पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाले बताए। कांग्रेसका नेता तथा राजनितिज्ञ व्यक्तित्व पूर्णमान शाक्यका सुपुत्र चकोरमान बुबाकै प्रेरणबाट नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल रहँदैका थिए। शाक्यलाई शनिबार रातीसम्म तानसेन ल्याउने र  आइतबार शोक सभा गरिने कांग्रेस पाल्पाले जनाएको छ। शाक्यको श्रमिती, बुहारी र दुई नातिनीहरु रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.