रुकुम घटना : नदीमा पानीको बहाव बढेपछि बेपत्ता खोज्‍न सकस

रुकुम घटना :  नदीमा पानीको बहाव बढेपछि बेपत्ता खोज्‍न सकस

जाजरकोट : चार जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनापछि बेपत्ता भएका युवाहरुको खोजी गर्न निकै सकस भएको छ । घटना भएको पाँच दिन बितिसक्दा पनि बेपत्ताको अवस्था अज्ञात रहेपछि आफन्त निकै चिन्तित भएका छन् । भौगोलिक विकटता र नदीको बाहव बढेकाले खोजी कार्यमा समस्या देखिएको हो ।

 
'जिवित भेटाउने आशा त छैन । लाससम्म भए पनि भेटाउन पाए मनले शान्ति पाउथ्यो', भेरी नगरपालिका ४ का बलबहादुर विकले भने, ‘कुटपिट गरी मारेर फालेको छोरो जिवित भेटाउने आश त छैन । लास भेटाउन पाएको भए पनि अन्तिम श्रदान्जली दिएर दाहसंस्कार गर्न हुन्थ्यो ।’ घटनापछि उनका छोरा सञ्जु बेपत्ता छन् । 

'घटना भएको भोलिपल्ट आइतबारदेखि लगातार नदी किनार, जंगल र खोलाखोल्सा खोजी रहेका छौँ तर केही अत्तोपत्तो लगाउन सकिएन', उनले भने,‘घटना भएको एक दुई दिनसम्म कतै घाइते अवस्थामा जिउँदै भेटिन्छ कि भन्ने झिनो आशा थियो अहिले त्यो आशा पनि बाँकी रहेन । खोज्दा खोज्दा थाकिसकें ।’ 
'छोरो खोजौं कि घरमा आमा, दिदी र भाइलाई सम्झाऊँ । रोइ मात्र राख्छन्', उनले भने । भावविह्वल हुँदै उनले सामुहिक हत्याकाण्डलाई राजनैतिक पहुँचका आधारमा रगतसँग होली नखेल्न सबैलाई आग्रह गरे । 'सत्यतथ्य छानविन होस् । यो वा त्यो बाहानामा दोषी नउम्किउन् । हामीलाई न्याय चाहिन्छ', उनले भने, ‘जातीय विभेदकै आधारमा गराइएको यो घटना मानव इतिहासकै कलंक हो ।’

भेरी नगरपालिका ११ का गोविन्द शाहीको अवस्था पनि अज्ञात छ । भेरीको किनारमा चार दिनदेखि बेपत्ता आफ्नो भतिजा  गोविन्द शाहीलाई खोज्न हिंडेकी भेरी नगरपालिका ११ मटेलाकी यमुना शाही खोज्दा-खोज्दा हैरान भएको बताइन् । उनले क्रुर र आततायी तवरले गरिएको बर्बर हत्याको घटनालाई कसैले पनि  कम्जोर बनाउन नहुने बताइन् । यमुनाले यस्तो जघन्य अपराध गर्नेलाई हदैसम्मको कारवाही हुनु पर्ने माग गरिन् । उनले आफ्ना मान्छे जोगाउने काम कसैले गरे त्यसका विरुद्ध सबै पीडित उर्लिने चेतावनी दिइन् ।
 
सेना, प्रहरी र स्थानीयले लगातार खोजी गरिरहेको भए पनि सबै बेपत्ता फेला नपरेको भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र रोकायले बताए । उनले धेरै प्रयासपछि बुधवार थप एक जना लोकेन्द्र सुनारको लास फेला परेको बताए । 
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । बुधवार दिनभर खोज्दा पनि टोलीले बेपत्ता पत्ता लगाउन सकेन । बिहीबार बिहानैदेखि गोताखोर भेरीमा परिचालित छन् । उक्त घटनामा अहलेसम्म बेपत्तामध्ये चार जनाको शव फेला परिसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.