बाँके दुर्घटनामा मृत्यु भएका सातजनाको पहिचान

बाँके दुर्घटनामा मृत्यु भएका सातजनाको पहिचान

दाङ : बाँकेको राप्तीसोनारी-२ स्थित जंगलमा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये सातजनाको नाम खुलेको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरले आफन्तको सूचनाको आधारमा ६ जनाको सनाखत भएको जनाएको छ ।

भारतबाट आएका रोल्पाका ४ जना र बसका ३ स्टाफको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जबाट दाङ हुँदै सल्यान जाँदै गरेको हाइस बस आइतबार राती दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये गाडी चालक दैलेखका २८ वर्षीय दानबहादुर खड्का र सहचालक सुर्खेतका २२ वर्षीय पवनबहादुर भण्डारी, सहयोगी रितेश कार्की र  यात्रुहरु रोल्पा थबाङका भीमबहादुर विक, बुद्धिराम विक, पूर्णबहादुर पुन, सीता पुन रहेको प्रदेश प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.