धनकुटामा थप एक जना कोरोना संक्रमित

धनकुटामा थप एक जना कोरोना संक्रमित

धनकुटा : धनकुटामा एक जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सहिदभूमि गाउँपालिका–७ का वासिन्दा हाल गाउँपालिकाले १ नं. वडाको सफाइटार स्थित आर्दश मावीमा स्थापना गरेको क्वारेन्टाइनमा aसिरहेका २७ वर्षीय यूवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगरस्थित प्रादेशकि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनमा संक्रमण भेटिएको हो । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यसअघि जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीका आफन्त र सुरक्षाकर्मी गरी सात जनामा कोरोना संक्रमण भेटिएको थियो । 

संक्रमति व्यक्तिसहित क्वारेन्टाइनमा बसिरहेका चारजना व्यक्तिको पिसिआर टेस्ट गर्न सोमवबा स्वाब संकलन गरिएको थियो ।  पिसिआर रिपोर्टमा एक जनाको पोजिटिभ र अन्य तीन जनाको नेगेटिभ आएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए । कोरोना संक्रमित युवा गत जेठ १२ गते भैरहवाको सुनौली नाकाबाट नेपाल भित्रिएका थिए । उनी रोजगारिको सिलसिलामा उत्तर प्रदेश बस्दै आइरहेका थिए । 

संक्रमित व्यक्ति संखुवासभामा भेटिएका कोरोना संक्रमित व्यक्तिसँगै आएका थिए । उनीसहित सो नाकाबाट भित्रिएका अन्य दुई र काँकडभिट्टाबाट आएका एक युवक गरी चार जनालाई गाउँपालिकाको टोलीले भेडेटारबाट ल्याएर जेठ १३ गतेदेखि आर्दश मावीको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर प्रदेशस्तरको कोरोना अस्पतालमा पठाइने अध्यक्ष राईको भनाइ छ । 

‘स्वाब संकलन गर्नु केही दिन अघि संक्रमित देखिएको युवालाई सामान्य ज्वरो, रुघाखोकी, स्वाशप्रश्वासमा समस्या देखिएको थियो,’ उनले भने ‘तर अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’

कोरोना संक्रमणको पुष्टि भएसँगै गाउँपालिका भरि उच्च सर्तकता अपनाइएको छ । गाउँपालिका अध्यक्षको संयोजकत्वमा गठित गाउँपालिकास्तरको र्यापिट रेस्पोन्स टिमको आकस्मित बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको छ । क्वारेन्टाइन रहेको स्थान वस्तीभन्दा बाहिर रहेको कारण जोखिम भने नरहेको उनको भनाइ  छ ।  

 
  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.