उमा भुजेल प्रहरी नियन्त्रणमा
गोरखा : गोरखा जेलब्रेककी कमाण्डर उमा भुजेललाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ। २० वर्षअघि २०५७ चैत १७ गते जेलब्रेक गरेर फरार भएकी भुजेललाई बुधबार बिहान गोरखा ल्याइएको एसपी ओम अधिकारीले जानकारी दिए।
भुजेललाई सार्वजनिक शान्तिविरुद्धको कसुर शीर्षकमा जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी अधिकारीले जानकारी दिए। बुधबार बयान सकिए पनि थुनछेक बहस बाँकी रहेकाले नियन्त्रणमै राखिएको जिल्ला अदालतका नायब सुव्वा टेकबहादुर वलीले बताए। नेत्रविक्रम चन्द विप्लव समुहकी केन्द्रीय सदस्य तथा मेची कोशी व्युरो इञ्चार्ज भुजेललाई गत पुसको १२ गते सुनसरीको बरोलाबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि बिभिन्न मुद्धामा झापा, धनुषा र कैलाली प्रहरीले नियन्त्रणमा लिँदै मंगलबार साँझ गोरखा पठाएको थियो। उनी बुधबार बिहान दुई बजे जिल्ला प्रहरी कार्यालय गोरखा आइपुगेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !