कोरोना पोजेटिभ देखिएका गोरखाका युवा जुम्लामा कार्यरत नेपाली सेना
गोरखा : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ देखिएका गोरखाका युवा जुम्लामा कार्यरत नेपाली सेना रहेको खुलेको छ। आरुघाट २ मान्बु, थलाचोकका २५ वर्षका युवा हाल जुम्लामा आइसोलेइनमा रहेको र अवस्था सामान्य रहेको परिवार स्रोतलाई उद्धृत गर्दै वडा अध्यक्ष सोम घलेले जानकारी दिए।
आरुघाटको भीमोदय माविको क्वारेण्टाइनाबाट ३४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा शुक्रबार २६ जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य शाखाका प्रमुख विजयकुमार श्रेष्ठले बताए। उनीहरु सबैको रिपोर्ट नेगेटिभ रहेको श्रेष्ठले बताए।
गोरखा अस्पतालबाट स्वाब पठाएका ११ जनामध्ये शुक्रबार प्राप्त एकजनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए। अस्पतालबाट बिगत चारदिनयता ११ जनाको स्वाब परीक्षण गर्न पठाइएकोमा अरुको रिपोर्ट नआएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !