क्यान्सर पीडितलाई आर्थिक सहयोग
गोरखा : क्यान्सरबाट पीडित गोरखा नयाँबजार निवासी उसर्वानी खातुनको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। गोरखा बजारका स्थानीय कालिका महिला समूह, हाम्रो सहारा फाउण्डेशनलगायतले आर्थिक सहयोग जुटाएका हुन्।
पहिलो चरणमा संकलित एक लाख ५५ हजार चार सय १० रुपैयाँ शनिबार उनीहरुले एक कार्यक्रम गरी उसर्वानीका श्रीमान इशा मियाँलाई हस्तान्तरण गरेका छन्।
पीडित उसर्वानीलाई उपचारका लागि आइतबार भरतपुर क्यान्सर अस्पताल लैजाने तयारी भएको हाम्रो सहारा फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन्। पीडितलाई उपचार खर्चको अभाव भएको बारे अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित भएपछि रकम संकलन अभियान सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस !