हिरासतमा संक्रमित भेटिएपछि प्रहरीको पीसीआर परीक्षण

हिरासतमा संक्रमित भेटिएपछि प्रहरीको पीसीआर परीक्षण

गोरखा : हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरीको स्वाब संकलन गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्यालय गोरखा र गोरखा अस्पतालको टीमले २८ जना प्रहरीको थ्रोट स्वाब संकलन गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका नानीबाबु दानीले जानकारी दिए।

स्वाब परीक्षणका लागि पोखरा लगिएको उनले बताए। त्यस्तै किशोरका परिवार साथी र उनलाई नियन्त्रणमा लिने इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरीको स्वाब सोमबार संकलन गरिने दानीले बताए। पहिलो चरणमा परेकाहरुको कन्ट्रयाक ट्रेसिङ सकेपछि दोस्रो चरणको ट्रेसिङ गरी स्वाब परीक्षण गरिने उनले बताए। प्रहरी हिरासतमा रहेका पालुङ्टार नगरपालिका-७ बुढीकुवाका १७ वर्षे किशोरलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.