कर्णालीमा थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६ सय ७१

कर्णालीमा थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६ सय ७१

सुर्खेत : कर्णाली प्रदेशमा एकै दिन थप २० जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ।

परीक्षणका क्रममा  जुम्लाका थप दुईजनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । यसअघि जुम्लामा २ सुरक्षाकर्मीसहित १९ जनामा कोरोना संक्रमण देखिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार जुम्ला हिमा गाउँपालिका ४ की ३५ वर्षीया महिला र तिला गाउँपालिका-२ का २८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पृष्टि भएको हो । 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले मंगलबार मात्रै कर्णालीमा थप २० जनामा कोरोना संक्रमण भएको पृष्टि भएको बताए ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्टअनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका १२ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३, गुर्भाकोट नगरपालिका १ जनामा कोरोना संक्रमण भएको छ । 

भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा सल्यान कपुरकोट गाउँपालिकाका १ जना र सुर्खेत सिम्ता गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । कर्णालीमा हालसम्म ८ जना कोरोनाबाट निको भएर घर पर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । यस्तै १० हजार बढीको पीसीआर परीक्षण गरिएको छ। हालसम्म २० हजार बढी क्वारेन्टाइन बसेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.