कोरोना नेगेटिभ आयो भनेर घर गएकाको रिपोर्ट पोजिटिभ आएपछि...

कोरोना नेगेटिभ आयो भनेर घर गएकाको रिपोर्ट पोजिटिभ आएपछि...

गोरखा : कोरोना नेगेटिभ भएको भन्दै घर पुगेकी एक महिलाको रिपोर्ट पोजिटिभ आएपछि स्थानीयबासी त्रसित भएका छन्।

भीमसेन थापा गाउँपालिका ६ अश्राङको जनशक्ति आधारभूत विद्यालय मोहोरियाको क्वारेण्टाइनमा बसेकी एक महिला रिपोर्ट नेगेटिभ आएको भन्दै बुधबार दिउँसो घर पुगेकी थिइन्। तर साँझतिर रिपोर्ट पोजिटिभ आएको भन्दै स्वास्थ्य शाखाले पुन क्वारेण्टाइन फर्काएपछि गाउँले त्रसित भएको वडा अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए। 

‘नन्द भाउजू एउटै क्वारेण्टाइनमा बसेका थिए। दुवै जनाको कोरोनो नेगेटिभ आयो भनेर हिजो खबर आयो’, वडा अध्यक्ष थापाले भने, ‘अनि आज तीन बजेतिर दुवै जना घर पुगे। करिब करिब दुईघण्टा घरमा बसे। सबै जना सराबर छुतछात भयो। तर आज साँझ फेरि एकजनाको पोजिटिभ आयो भनेर खबर आयो। अहिले गाउँमा पूरै त्रास छाएको छ। बरबाद भयो।’ उनलाई साँझ पाँचबजेतिर फेरि क्वारेण्टाइनमा फर्काइएको उनले बताए।

मंगलबार भीमसेन थापा गाउँपालिकाको ११ जनाको रिपोर्ट नेगेटिभ आएको बारे स्वास्थ्य शाखाले उनीहरुलाई जानकारी दिएको थियो। तर बुधबार उनीमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। वडा नम्बर १ मसेलको एक जना, वडा नम्बर ५ बगुवाको एकजना र वडा नम्बर ६ अश्राङको दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो। रिपोर्ट नेगेटिभ आएपनि बाँकी तीनजना भनेर क्वारेण्टाइनबाट ननिस्केका गाउँपालिकाले जनाएको छ।

‘जिल्ला स्वास्थ्य कार्यालयबाट हामीलाई आइडी पासवर्ड पठायो। हामीले त्यही आधारमा भन्यौँ। तर बुधबार फेरि फरक आएछ’, स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, ‘कहाँ कसरी त्रुटी भयो, मलाई थाहा भएन।’ स्वास्थ्य कार्यालय गोरखाले भने मंगलबार सातजनाको मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

‘हामीले त सात जनाको मात्र नेगेटिभ भनेका थियौँ, उहाँहरुले कसरी ११ जनाकै नेगेटिभ भन्नु भयो हामीलाई थाह भएन’, कार्यालय प्रमुख विद्या तामाङले भनिन्।

वडा नं. ६ झिँगटेका अर्का एक युवा पनि रिपोर्ट नेगेटिभ आएको जानकारी पाएपछि मंगलबारै घर गएका थिए । भारतमा पढेर फर्केका उनी २४ घण्टासम्म घर परिवारसँग घुलमिल भएका थिए । तर बुधबार रिपोर्ट पोजिटिभ आएपछि गाउँलेहरु त्रसित भएका गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.