महानगरका विद्यार्थीलाई रेडियो शिक्षा सुरु

महानगरका विद्यार्थीलाई रेडियो शिक्षा सुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाले बुधबारदेखि रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ। लकडाउनको समयमा वैकल्पिक माध्ययमबाट पठन–पाठन गराउन महानगरपालिकाकै मेट्रो एफएममार्फत कक्षा सुरु गरिएको हो। रेडियो शिक्षामा आधारभूतदेखि कक्षा १० सम्मको कक्षा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले बुधबार राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफएम ९४ विन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गरेका हुन्। लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थीलाई वैकल्पिक शिक्षा दिने उद्देश्यले कार्यक्रम सुरु गरेको उनले बताए। ‘विद्यार्थीलाई वैकल्पिक शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो’, मेयर शाक्यले भने, ‘यसले शैक्षिक गतिविधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौं।’ रेडियो शिक्षालाई सुझाव आधारमा थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ थियो।

महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोतीप्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिकाका ९१ सामूदायिक विद्यालय तीनवटा विशेष विद्यालय र ६ सय ४३ संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी लाभ लिन सक्ने बताए। सूचना प्रविधि विभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफएमबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिए। रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको उनले बताए।

महानगरको शिक्षा विभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावरण, पेशा व्यवसाय र प्रविधि विषय समावेश गरिएका छन्। यसैगरी, कक्षा १ को एकीकृत पाठ््यक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुनेछन्। कक्षा सञ्चालन बिहान ९ बजेदेखि बेलुकाको ५ः३० सम्म हुनेछ। रेडियो शिक्षा कार्यक्रमलाई बिस्तार र स्तरोन्नति गर्दै अनलाइनमा आधारित प्रयोगात्मक र प्रदर्शनात्मक कक्षा चलाइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.