गाउँपालिकामा छैन एम्बुलेन्स

गाउँपालिकामा छैन एम्बुलेन्स

धनकुटा : जिल्लाको सहिदभूमि गाउँपालिमा एउटा पनि एम्बुलेन्स छैन । कोही स्थानीय बिरामी परे सदरमुकामस्थित जिल्ला अस्पताल वा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुर्‍याउन उतैबाट एम्बुलेन्स बोलाउनुपर्ने वाध्यता छ । 

साविकका खोकु, छिन्ताङ र आँखिसल्ला गाविसलाई समेटेर सहिदभूमि गाउँपालिका बनाइएको हो । गाउँपालिमा ७ वटा वडा छन् ।  गाउँपालिका भरिका सवै वडामा सडक संजाल विस्तार भएपनि बाटो कच्ची छ । अधिकांश सडक हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्ये हुन्छन् । बाहिरबाट एम्बुलेन्स बोलाए पनि बाटोको अवस्था बुझेर मात्र आउने गरेको स्थानीयको भनाइ छ । कतिपय त आउनै मान्दैनन् । 

कोही बिरामी परे गाउँघरमा गुड्ने पिकअप, टाटासुमो जस्ता सवारी साधन रिजर्भ गरेर अस्पतालसम्म लैजानुपर्ने वाध्यता रहेको सहिदभूमि गापा-२ का वडा समिति सदस्य समेत रहेका स्थानीय सोम राना मगरले बताए ।

 
गर्भवती महिलालाई अस्पतालसम्म पुर्‍याउन सदरमुकामदेखि एम्बुलेन्स मगाउनुपर्ने वाध्यता छ । उनका अनुसार पिकअप, सुमोजस्ता गाडी रुटमा कुदिरहेका हुन्छन् ।तर समयमै नपाउँदा केही समय पर्खिनुपर्छ । गाडी भाडा पनि महंगो पर्छ । 

सबैजनाको महंगो भाडा तिरेर अस्पताल लैजाने आर्थिक क्षमता हुँदैन । हिँडाएरै भएपनि जानुपर्ने वाध्यता हुन्छ । गाउँमै एम्बुलेन्स भए बिरामीलाई छिटो अस्पतालसम्म पुर्‍याउन सकिन्थ्यो। 

पिकअप र सुमोजस्ता गाडी बिरामीमैत्री हुँदैनन् । उनीहरुको सिट बिरामी बस्ने खालको हुँदैन । बिरामीलाई अस्पताल सम्म पुर्‍याउन असहज हुन्छ । गाउँपालिकाको बैठकमा एम्बुलेन्स खरिद विषयमा कुरा राखिएको मगरको भनाइ छ । प्रदेश सरकारवाट एम्बुलेन्स आउने कुरा थियो । हालसम्म पनि आएन । अब गाउँपालिकाले नै खरिद गर्ने योजना तथा कार्यक्रममा राख्ने गरी पहल भइरहेको उनले बताए ।

बाटोको समस्याको कारण एम्बुलेन्स आउन नमान्ने गरेको छिन्ताङका स्थानीय मातृका राईले बताए । गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने तयारी गरिरहेको जानकारी आफूले थाहा पाएको उनको भनाई छ । 

वर्षाले बाटो हिलाम्ये भएर एम्बुलेन्स आउन नसक्दा केही दिनअघि मात्रै सफाइधापस्थित आर्दश माविको क्वारेन्टाइनमा रहेका कोरोना संक्रमित व्यक्तिलाई धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउन  साप्तिङटारसम्म गाउँपालिकाको ट्याक्टर लगिएको थियो । संक्रमित बिरामी ल्याउन आएको एम्बुलेन्स बाटो खराब भएको कारण साप्तिङ्टार मै रोकिएको थियो ।

यता सहिदभूमि गाउँपालिका अनुसार आगामी वर्षको योजना तथा कार्यक्रममा एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन गर्ने जनाएको छ। प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयले यसै चालु आवमा गाउँपालिकालाई एम्बुलेन्स दिने तयारी गरेको थियो । प्रदेश सरकारले एम्बुलेन्स खरिद प्रक्रियामा रहेको र आउने वित्तिकै हस्तान्तरण गरिने छ।

आँखिसल्लाको थलथले बजारमा हेल्थपोस्ट छ । त्यहाँ वर्थिङ सेन्टर पनि छ। त्यहाँ जानुपरे अरुको गाडीको भर पर्नुपर्ने बाध्यता छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.