कोरोना संक्रमितहरू आन्दोलनमा उत्रिए

कोरोना संक्रमितहरू आन्दोलनमा उत्रिए

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरु आन्दोलनमा उत्रिएका छन् । खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । भारतबाट आई गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका उनीहरुमा पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको थियो। 

गाउँपालिकाले कोरोना संक्रमितलाई वडा नम्बर १ चुप्रा स्थित त्रिवेणाी संगम माविमा राख्ने निणर्य गरेको थियो । सोहीअनुसार गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का कोरोना संक्रमण पुष्टि भएका ३५ जनालाई शुक्रबाचर क्वारेन्टाइन स्थलबाट हिडाएरै चुप्रा पठाइएको थियो । गाउँपालिकाभर ६७ जनामा कोरोना संक्रमण देखिएका छन् । 

बस्ने ठाउँ, खाना, पानी र शौचालयको उचित व्यवस्थापन नभएपछि घर जान पाउनुपर्ने माग राख्नै शनिबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । राखिएको विद्यालयबाट निस्केर गाउँपालिकाको मटेलाखोला नजिकै जंगलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ‘संक्रमितहरुलाई दैलेख सुर्खेत सडक खण्डको मटेलानजिकै केहि समय रोकेर गाउँपालिका तर्फ पठाएका छौँ,’ प्रहरी निरीक्षक आचार्यले भने । 

उनीहरुलाई सीता जनसहयोग मावि अवलपराजुलमा लगेर राख्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए । ‘गाउँपालिकाका कोरोना संक्रमितहरुलाई चुप्रास्थित त्रिवेणाी संगम माविमा राख्ने भनेका थियाँै,’ त्यहाँ व्यवस्थापनका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक दल सहितको समिति गठन भएको छ,’ अध्यक्ष मल्लले भने । 

 चुप्र्रामा व्यवस्थापन भएको होला भन्ने लागेर पठाइएको तर त्यहाँ व्यवस्थापन हुन नसकेपछि सीता जनसहयोग माविमा ल्याउन लागेको अध्यक्ष मल्लले जानकारी दिए । ‘संक्रमितहरुलाई सवारी साधनहरुले समेत राख्न मान्दैनन्, यसले झन समस्या सिजना भएको छ,’ अध्यक्ष मल्लले भने । गाउँपालिकाको एम्बुलेन्स बिग्रिएको भन्दै सुर्खेत लिएर थन्क्याइएको गाउँपालिकाका एक जनप्रतिनीधिले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.