कोरोना संक्रमित सिटामोलको भरमा

कोरोना संक्रमित सिटामोलको भरमा

जाजरकोट : छेडागाड नगरपालिकामा एक कर्मचारी र वडाध्यक्षलाई कोरोना संक्रमण देखिएपछि गाँउमा त्रास बढेको छ । ग्लोबल आईएई बैक छेडागाडमा कार्यरत एक कर्मचारी र छेडागाडका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि गाँउमा त्रास बढेको छ ।

उनीहरुलाई कोरोना संक्रमण भए पनि उपचारको व्यवस्था भने गरिएको छैन । बैंकका कर्मचारीमा कोरोना संक्रमण भए पनि उनी बैककै क्वाटरमा र वडाध्यक्ष घरमै बसिरहेका छन् । नगरपालिकामा आइसोलेशन नहुँदा उनीहरुलाई सिटामोलको भरमा राखिएको छ । बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि त्यहाँ आउने ग्राहक र स्टाफ संक्रमणको जोखिममा परेका छन् । आफूहरुलाई पनि सरेको हुन सक्ने भन्दै परीक्षणको ब्यवस्था मिलाउन माग गरेका छन् । वडाध्यक्षले स्थानीय क्वारेन्टाइनमा भारतबाट आएकाको खानेबस्ने ब्यवस्था गर्दै आएका थिए ।
 

उनी थुप्रै स्थानीय र परिवारसँग घुलमिल भएकाले थप त्रास फैलिएको छ । नगरपालिकामा आइसोलेशन नभएका कारण राख्न नसकिएको नगरप्रमुख लालबहादुर महताराले बताए । 'उहाँहरुलाई घरमै क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छौँ । सिटामोलबाहेक अरु औषधी छैन के दिऊँ', नगरप्रमुख महताराले भने, 'आइसोलेशन बनाउँदै छौँ। मानिस भारतबाट आउने क्रम जारी छ । ६ वटा क्वारेन्टाइनमा नअटेपछि खाली घरमा राख्न थालिएको हो ।'

हालै मात्र नगरपालिकामा भारतबाट आठ सय ४० भित्रिएका छन् । छेडागाडमा कोरोना संक्रमितको संख्या चार र जिल्लाभर नौ  पुगेको छ । प्रहरी निरीक्षकसहित चार जना बारेकोट र शिवालयका एक युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको सिटामोलको भरमा उपचार भैरहेको छ ।

कोरोनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाएको १५ दिन बितिसक्दा पनि नलगाड र छेडागाडको रिपोर्ट आउन सकेको छैन । जिल्लाका विभिन्न ३७ क्वारेन्टाइनमा करीव तीन हजार मानिस बसिरहेका छन् । उनीहरुको ब्यवस्थापनका लागि दैनिक पाँच लाख बढी खर्च भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.