रोल्पामा १७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३४ पुग्यो
![रोल्पामा १७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३४ पुग्यो](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus-covid-19-test_20200527054749_2B8TomQVAd.jpg)
रोल्पा : रोल्पामा शनिबार १७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिलासहित १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ ।
शनिबार दिउँसो १ बजे अस्तालले जारी गरेको सूचना अनुसार रोल्पा नगरपालिका–१ मा पहिलोपटक पाँच जनामा कोरोना संक्रमण देखिएको हो । सुनिलस्मृति गाउँपालिकामा १२ जना संक्रमित देखिएको अस्पतालले जनाएको छ । यसअघि सुनिलस्मृति गाउँपालिकामा १७ जना संक्रमित फेला परेका थिए । त्यहाँ संक्रमितको संख्या २९ पुगेको छ ।
रोल्पा नगरपालिका–१ को क्वारेन्टाइनमा बसिरहेका १८ वर्षीय दुई, २१, २२ र २५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु भारतको बम्बैबाट फर्किएका हुन् । उनीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको रोल्पा नगरपालिकाका मेयर पुरण केसीले जानकारी दिए । नगरपालिकाले क्वारेन्टाइनमा राखिएकाको स्वाब संकलन गरेर परीक्षणका लागि भेरी अस्पताल पठाएको थियो । बामरुकबाट मात्र ३३ जनाको स्वाब पठाइएको थियो ।
सुनिलस्मृति गाउँपालिका–१ का ४० वर्षीय दुईजना सहित १८, २०, २१ र ४७ वर्षीय पुरुष संक्रमित छन् । वडा नं. ५ मा २१ वर्षीया एक महिलासहित वर्ष १८, २४, २७ र २९ का पुरुष संक्रमित देखिएका हुन् । वडा नं. ४ का वर्ष ३५ का पुरुष संक्रमित छन् । भेरी अस्पतालले जारी गरेको सूचनामा बाँकेका १९ र बर्दियाका ६ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)