अब उपत्यका आउन नगरपालिकाको अनुमति चाहिने
काठमाडौं : सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि थप कडाइ गरेको छ। अब उपत्यकाका प्रवेशका लागि आफू बस्ने नगरपालिकाको अनुमति चाहिने भएको छ। बाहिर रहेका तर काठमाडौं उपत्यका फर्किन चाहनेका लागि आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको गृह मन्त्रालयले जनाएको छ।
गृहकाअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि मात्र व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ। त्यसपछि जिल्ला प्रशासन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई प्रस्ट्याइ हुने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहका प्रशासकीय अधिकृत मानबहादुर बुढाले जानकारी दिए।
त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेहरुका लागि भने अत्यावश्यक कामका लागि भए सोअनुसारको कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने व्यवस्था गृह मन्त्राल गरेको छ । यस्तै भित्र जोर विजोर प्रणाली लागू भइसकेकाले काठमाडौं जिल्लाभित्रको हकमा भने सवारी पास हाललाई बन्द गरिएको गृहले मन्त्रालयले छ।