एउटै क्वारेन्टाइमा १६ जनामा कोरोना संक्रमण

एउटै क्वारेन्टाइमा १६ जनामा कोरोना संक्रमण

तानसेन : पाल्पामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रम्भा गाउँपालिका १ हुगीमा एक महिलासहित १५ जना पुरुष गरी १६ जना र बगनासकाली गाउँपालिका कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमित सबैको प्रदेश प्रयोगशाला भैरहवामो पीसीआर परीक्षण गरिएको थियो । 

संक्रमित हुनेमा क्रमश ४८, २९, ४६,१९,२०,२२, २५, ४१, १६, १३, ३६,  २८, २०, २२, २२, २८ र ३२ वर्ष उमेरका व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रम्भा गाउँपालिकाको जनकल्याण मावी हुगीको क्वारेन्टाइनमा बसेका १६ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । उनीहरु नयाँ दिल्ली र मुम्बईबाट आएका हुन्।बिहीबार २९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १६ जनाको पोजिटिभ र १३ जनाको नेजेटिभ आएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । 

उनीमध्ये १० जनालाई रम्भाको प्राथमिक स्वाथ्य केन्द्र तनहुँको आइसोलेसनमा राखिने, अन्य ६ जनालाई व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको अध्यक्ष भण्डारीले बताए ।  संक्रमितमा कोरोनाको लक्षणबिना पोजिटिभ देखिएको अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले पठाएको अन्य २१ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन भने बाँकी छ । 

योसँगै पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ । यसअघि २३ जनामा संक्रमण देखिएकोमा एकजनाको मृत्यु भएको छ ।माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.