कोरोना प्रभाव : पाल्पामा सरकारी काम पालिका पिच्छे फरक

कोरोना प्रभाव : पाल्पामा सरकारी काम पालिका पिच्छे फरक

तानसेन : २ महिना २० दिन लामो लकडाउनपछि संचालनमा आएका सरकारी कार्यालयले पाल्पामा पालिका पिच्छे सेवा संचालनमा ल्याएका छन् । कोरोना संक्रमणबाट बच्न र बचाउन कार्यालयमा सेवाग्राहीको बढी भीडभाड हुन नदिन दुई सिफ्टमा समय विभाजन गरी कार्यालय संचालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयले समय अनुसार सेवा र सेवाग्राहीको प्रकृति विभाजन गरी बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय संचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।

कार्यालयले हप्ताको ६ दिन फरक फरक पालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने सूचना समेत सर्वसाधरणका लागि सार्वजनिक गरेको सहायक प्रजिअ बञ्जाडेले बताइन्। जिल्ला प्रशासनले आइतबार बिहान ८ बजे देखि १ बजे तानसेन नगरपालिका भित्रका सेवाग्राहीलाई मात्र नागरिता तथा पेन्सनसम्बन्धी सेवा प्रवाह गर्ने, दिउँसो १ बजेदेखि ६ बजेसम्म राहदानी, नाबालक परिचय पत्र, सिफारिस तथा प्रमाणित जस्ता सेवा प्रवाह गरेको जनाएको छ । 

सोमबार बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका सेवाग्राहीलाई बिहान ८ बजेदेखि १ बजेसम्म नागरिता तथा पेन्सन सम्बन्धी सेवा प्रवाह गर्ने, दिउँसो १ बजे देखि ६ बजेसम्म राहदानी, नाबालक परिचय पत्र, सिफारिस तथा प्रमाणित जस्ता सेवा प्रवाह  गरेको छ । सोमबार पहिलो दिन बगनासकाली र रैनादेवी छहराका सेवाग्राहीले सेवा लिएका छन्।  

मंगलबार माथाँगढी र रम्भा गाउँपालिकाका सेवाग्राहीलाई बिहान ८ बजेदेखि १ बजेसम्म नागरिता तथा पेन्सनसम्बन्धी सेवा प्रवाह गर्ने, दिउँसो १ बजेदेखि ६ बजेसम्म राहदानी, नाबालक परिचय पत्र, सिफारिस तथा प्रमाणितजस्ता सेवा प्रवाह गर्नेछ ।  

बुधबा तिनाउँ र पूर्वखोला गाउँपालिकाका सेवाग्राहीलाई बिहान ८ बजेदेखि १ बजेसम्म नागरिता तथा पेन्सनसम्बन्धी सेवा प्रवाह गर्ने, दिउँसो १ बजेदेखि ६ बजेसम्म राहदानी, नाबालक परिचय पत्र, सिफारिस तथा प्रमाणितजस्ता सेवा प्रवाह गर्ने जनाएको छ । 

बिहीबार रिव्दीकोट र निस्दी गाउँपालिका ७ ज्यामिरेका सेवाग्राहीलाई बिहान ८ बजेदेखि १ बजेसम्म नागरिता तथा पेन्सन सम्बन्धी सेवा प्रवाह गर्ने, दिउँसो १ बजेदेखि ६ बजेसम्म राहदानी, नाबालक परिचय पत्र, सिफारिस तथा प्रमाणित जस्ता सेवा प्रवाह गर्ने जनाएको छ। शुक्रबार उजुरी व्यवस्थापन तथा अन्य कार्य गर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । 

गृह मन्त्रालयले सबै कार्यालय दुई सिफ्टमा संचालन गर्ने परिपत्र गरेपनि पाल्पाका अधिकांश सरकारी कार्यालय पुरानै समय १० बजे खुलेका छन्। लकडाउनको समयमा समेत स्थानीय सरकारका कार्यालय नियमित रुपमा संचालन भएकाले दुई सिफ्टमा कार्यालय संचालन गर्ने आवश्यकता नभए पनि मन्त्रालयबाट परिपत्र आएमा गाउँपालिकाले सोही अनुसार कार्यालय संचालन गर्ने गाउँपालिका महासंघका केन्द्रीय सदस्य एव बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

'पाल्पामा संचालित प्रदेश सरकारका कार्यालय शुक्रबार दुई सिफ्टमा संचालन भएका छैनन्। हामीलाई कुनै जानकारी छैन, प्रदेश सरकारले कुनै परिपत्र जारी गरेको छैन, पुरानै समयमा कार्यालय संचालन गरिएको,'  डिभिजन वनकार्यालय डिभिजन प्रमुख मोहन पौडेलले भने।

सहायक प्रमुख जिल्ला अधिकारी बञ्जाडेले गृह मन्त्रालयबाट संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालय दुई सिफ्टमा संचालन गर्ने परिपत्र आएकाले सो अनुसार जिल्लाभित्र समन्वयको काम भइरहेको बताइन्। 

'आज पहिलो दिन भएकाले सबैमा अन्योल भएको होला, कुन कुन कार्यालय दुई सिफ्टमा चले वा नचलेको दिनभरीमा अनुगमन गर्छौ र भोलीदेखि सबै कार्यालय नियमित रुपमा दुई सिफ्टमा संचालन हुन्छ,' सहायक प्रजिअ बञ्जाडेले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.