दैलेखमा ९१ कोरोना संक्रमित थपिए : संक्रमितको संख्या ६२९ पुग्यो

दैलेखमा ९१ कोरोना संक्रमित थपिए : संक्रमितको संख्या ६२९ पुग्यो

दैलेख : दैलेखमा सोमबार एकै दिन कोरोनाका ९१ जना संक्रमित थपिएका छन् । नौमूले गाउँपालिकामा एकै दिन ८७ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको पीसीआर परीक्षणमा यस्तो नतिजा देखिएको हो । 

नौमूले गाउँपालिका वडा नम्बर १ का ४६, २ का दुई, ३ का दुई, ४ का चार, ५ का एक, ६ का सात, ७ का १५, ८ का १० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नौमूले गाउँपालिकामा संक्रमितको संख्या एक सय ४१ पुगेको छ । 

त्यस्तै दुल्लु नगरपालिका–१ का एक जनामा संक्रमण पुष्टि भएको छ । योसँगै दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा नारायण नगरपालिका–३ का एक जना र ४ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नारायण नगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ९९ पुगेको छ । 

सोमबार ९१ जना संक्रमित थपिएसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ६ सय २९ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्त स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा.लक्ष्मिनारायण तिवारीले दैलेखमा कोरोना संक्रमितको संख्या ६ सय २९ पुगेको पुष्टि गरे । यीमध्ये एक जनाको मृत्यु भइसकेको छ । 

दैलेखका कुन स्थानीय तहमा कति संक्रमित ?

नारायण नगरपालिका : १९९ जना
नौमूले गाउँपालिका : १४१ जना
महाबु गाउँपालिका : १०८ जना
दुल्लु नगरपालिका : ६८ जना
डुङ्गेश्वर गाउँपालिका : ६८ जना
आठबीस नगरपालिका : २१ जना
भगवतीमाई गाउँपालिका : ९जना
भैरबी गाउँपालिका : ९ जना
ठाटीकाँध गाउँपालिका : ३ जना
गुराँस गाउँपालिका : २ जना
चामुण्डाविन्द्रासैनी नगरपालिका : १ जना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.