गोरखामा ११ जना कोरोना संक्रमित थपिए

गोरखामा ११ जना कोरोना संक्रमित थपिए

गोरखा : गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पालुङ्टार नगरपालिकामा सात र शहीदलखन गाउँपालिकामा चार जनामा कोरोना संक्रमित पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलय पोखराले जनाएको छ।

भारतबाट आएर जीवनज्योति मावि क्वारेण्टाइनमा बसेका पाँचजनामा संक्रमण देखिएको पालुङटार नगरपालिकाको स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले जानकारी दिए। त्यस्तै वडा नं. २ को शारदा मावि क्वारेण्टाइनमा रहेका एक दम्पत्तिमा पनि कोरोना पुष्टि भएको उनले बताए।

त्यस्तै गण्डकी गाउँपालिकाका चार जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.