कर्णालीमा थप १५२ जना डिस्चार्ज, निको हुनेको संख्या ४९४ पुग्यो

कर्णालीमा थप १५२ जना डिस्चार्ज, निको हुनेको संख्या ४९४ पुग्यो

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना जीतेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जना बुधबार एकैपटक कोरोना जीतेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो ।

दैलेखको महाबु आइसोलेसन सेन्टरबाट एक सय ६, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी बुधबार मात्रै कोरोना जीतेर एकसय ५२ जना घर फर्किएका हुन् । 

योसँगै कर्णालीमा कोरोना जीत्नेको संख्या चार सय ९४ पुगेको छ। अझै ६ सय १० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कर्णालीका कुल १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै एक सय ९१ जना एकैसाथ कोरोना जीतेर घर फर्किएका थिए ।  दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एकसय २०, सल्यान अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी मंगलबार एकैदिन एकसय ९१ जनाले कोरोना जीतेका हुन् । 

मंगलबार र बुधबार धेरै संख्यामा कोरोना जीतेर स्थानीय घर फर्किएपछि आइसोलेसनमा रहेका संक्रमित पनि कोरोना जीत्नेमा ढुक्क छन्। कोरोना जीतेर घर फर्किनेहरु आत्मबल बलियो बनाएमा सजिलै कोरोना जीत्नसकिने बताउँछन् । कोरोना जीतेर घर फर्किएका स्वास्थ्यकर्मी जुम्लाका शुक्रराज शाहीले कोरोना रोग भन्दा मनको डरले सताएको भन्दै आत्मबल ढुक्‍क बनाएमा कोरोना जीतिने बताए । 

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्णालीमा कोरोना जीतेर घर फर्किनेको संख्या बढिरहेको बताउँदै घरमा पनि सर्तकर्ता अपनाउन अनुरोध गरे । उनका अनुसार कर्णालीमा कोरोना पृष्टी भएका तीन जनाको हालसम्म मृत्यु भएको छ । भने दैलेखमा ६ सय ३६ जना, हुम्ला र डोल्पामा एक÷एक तथा मुगुका दुई जना, सल्यान एकसय ३७, सुर्खेत दुईसय ३७, जाजरकोट आठ, कालिकोट ४२, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.