'कोरोना हटस्पट' बन्यो दैलेख : थप ८६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७२१ पुग्यो

'कोरोना हटस्पट' बन्यो दैलेख : थप ८६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७२१ पुग्यो

दैलेख : कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै सरकारले दैलेखलाई 'कोरोना हटस्पट' का रुपमा राखेको छ । लकडाउनलाई कडाइका साथ लागू गरेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सूचारु नगर्ने बताएको छ । 

तर लकडाउन भने खुकुलो बन्दै गएको छ । कोरोनाको उच्च जोखिममा रहेका दैलेख जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । दैलेखमा पछिल्लो २४ घण्टामा ८६ जना संक्रमित भएका छन् । 

बिहीबार दैलेखको महाबु गाउँपालिकामा ७६, दुल्लु नगरपालिकामा २, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २, भैरबी गाउँपालिकामा एक र गुराँस गाउँपालिकामा ५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । योसँगै दैलेखमा कुल संक्रमितको संख्या ७ सय नाघेको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ । कोरोना संक्रमित मध्ये नारायणमा १९९, दुल्लुमा ७४, चामुण्डामा ३, आठबीस नगरपालिकामा २१ तथा ठाटीकाँधमा ३, भैरबीमा १०, महाबुमा १८४, नौमूलेमा १४१, भगवतीमाईमा ११, डुङ्गेश्वरमा ६८ र गुराँस गाउँपालिकामा ७ जना छन् । ती मध्ये ३३ महिला सहित ३३४ जना संक्रमितलाई घर पठाईएको छ । यी मध्ये अधिकाँशलाई दोस्रो पटक परीक्षण नगरी डिस्चार्ज भएका हुन् । जिल्लामा कोरोना भाइरसबाट एकजनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.