पाल्पामा थप पाँचजनामा कोरोना संक्रमण

पाल्पामा थप पाँचजनामा कोरोना संक्रमण

तानसेन : पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै पाल्पामा कोरोना संक्रमणको संख्या ५६ पुगेको छ । बिहीबार मात्र पाल्पामा ५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । 

प्रदेश प्रयोगशाला भैरहवामा गरिएको  परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । संक्रमित हुनेमा २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पुरुष रहेका छन्। रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित जेठ १५ गते भारतबाट आएका थिए। 

संक्रमितमध्ये वडा नं १ ख्याहाको सारदा मावि शान्तिचौरको क्वारेन्टाइनमा, बसेका १ जना, वडा नं ६ ठिमुरेको नवज्योती प्रावि इजरडाडाँको क्वारेन्टाइनमा बसेका २ जना र वडा न.७ को पालुङ्गमा रहेको कालिका निमावि बतासेको क्वारेन्टाइनमा बसेका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितको अवस्था सामान्य रहेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । संक्रमित चारैजनालाई तानसेनको लुम्विनी मेडिकल कलेज प्रवासको आइसोलेसन सेन्टरमा पठाउने तयारी भएको छ ।    

तिनाउ गाउँपालिका वडा ६ का संक्रमित पुरुष १५ दिनअघि भारतबाट आएर वडा न. ५ चौविसमाइलको कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनलाई तानसेन नर्सिङ्ग स्कुलमा संयुक्तरुपमा निर्माण गरेको आइसोलेसन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । 

संक्रमित पुरुषको अवस्था सामान्य रहेको छ । बुधबार मात्र तानसेनमा लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एकजनामा कोरोना पोजिटिभ देखिएको थियो । यसअघि रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १ जना,माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । 

आइसोलेसनमा बसेका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाल्पाका १० वटा पालिका मध्ये ९ वटा पालिकामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिकामा भने अझै संक्रमण देखिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.