पाल्पामा थप १६ जना संक्रमित

पाल्पामा थप १६ जना संक्रमित

तानसेन  : पाल्पामा थप १६ जना सक्रमित भेटिएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ६ यम्घाको क्वारेन्टाइनमा १३ र वडा नं ७ को क्वारेन्टाइनमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।  

योसँगै पाल्पामा सक्रमितको संख्या ७१ पुगेको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १६ जनामा सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । सक्रमित हुनेमा १९ देखि ४५  वर्ष उमेर समुहका रहेका छन् । सक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । 

सक्रमित हुनेमा वडा नं ६ यम्घाका ९ जना पुरुष, र ४ जना महिला, वडा नं ७ खानीगाउँका ३ जना पुरुष छन् । त्यस्तै वडा नं ६ यम्घाको भगवती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ९ जना, अरनी आधारभुत विधालयमा बसेका १ जना, सिता मावीको क्वारेन्टाइनमा बसेका ३ जना र वडा नं ७ खानीगाउँको खानीगाउँ मावीमा बसेका ३ जना रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । गाउँपालिकाले क्वारेन्टाइमा बसेका ११५ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएकोमा १६ जनाको पोजिटिभ, ७६ जनाको नेजेटिभ र २३ जनाको रिपोट आउन बाँकी रहेको अध्यक्ष बस्यालले बताए । सक्रमित १६ जनालाई आज तानसेनको आइसोलेसमा ल्याउने  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । उनीहरुको अवस्था समान्य रहेको छ । बगनासकाली गाउँपालिकामा मात्र सक्रमित हुनेको संख्या १७ पुगेको छ ।  

    
यसअघि रम्भा गाउँपालिकामा १६ जना, माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, रिव्दीकोगाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, बगनासकाली गाउँपालिकामा १ जना र तिनाउँ गाउँपालिकामा १ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक एक जनामा कोरोना सक्रमण देखिएको छ ।  सक्रमितमध्ये एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भइ घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.