बलात्कारक अभियोगमा २ जना पक्राउ

बलात्कारक अभियोगमा २ जना पक्राउ

तानसेन : पाल्पामा छुट्टा छुट्टै स्थानमा बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।  १३ वर्षीया बालिका लाई  यौन दुर्व्यवहारको आरोपमा ७६ वर्षीष वृद्ध पक्राउ परेका हुन।  पक्राउ पर्नेमा ७६ वर्षीय कुलबहादुर राना रहेको  पाल्पा प्रहरीले जनाएको छ।

अभियुक्त ७६ वर्षीय वृद्ध रानाले बालिकाको संवेदनशील अंगमा समाई यौन दुर्व्यवहार गरेको  उल्लेख छ। अभियुक्त रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।  ७६ वर्षीय वृद्ध राना लाई बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा अनुसार कारवाही हुने प्रहरीले जनाएको छ।  

यसैगरी पाल्पामा छोरी बलात्कार गरेको अभियोमा बाबुलाई पक्राउ परेका छन्। ३१ वर्षीया अविवाहित  छोरीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका  सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। प्रहरीले  अभियुक्त बाबुलाई जबरजस्ती करणीसम्बन्धी मुद्दा  अनुसार कारवाहीको लागी पक्रिया अगाडी बढाएको छ।  बावुले पटक पटक अविवाहित छोरीलाई डरधम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। अभियुक्त बावुलाई प्रहरीले पक्राउ गरेको छ।  बलात्कारको अभियागमा पक्राउ परेको दुवै जनाको मुद्दा आईतवार जिल्ला अदालत पाल्पामा दर्ता गर्ने सूचना अधिकारी प्रहरी निरिक्षक श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.