चन्दा उठाएर पिसिआर मेसिन

चन्दा उठाएर पिसिआर मेसिन

डडेल्धुरा : कोरोना परिक्षण डडेल्धुरामा नै गर्नका लागि जनस्तरबाट चन्दा सकंलन गरि खरिद गरिएको मेसिन आइतबारसम्म डडेल्धुरा ल्याँदैछ। सुदूरपश्चिमका उद्योगी व्यापारी, निर्माण व्यवसायी र सर्वसधारणबाट चन्दा सकंलन गरि खरिद गरिएको मेसिन ट्रकबाट काठमाडौंदेखि डडेल्धुरा पुर्‍याउन लागेको हो।

सुदूरपश्चिमको बैतडी र डोटीमा कारोना परिक्षण ल्याब बनाउने प्रदेश सरकारको निर्णय अझै कार्यान्वयनमा आउन नसकेका बेला डडेल्धुरामा भने जनस्तरबाट संकलन गरिएको रकमले पिसिआर मेसिन पुग्न लागेको छ। कोरोना परिक्षणमा ढिलाई हुन थालेपछि जिल्लामा रहेको संघीय सरकारको मातहतको डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन राख्न सर्वसधारणको चाहाना पुरा गर्न मानवअधिकारकर्मीले पहल सुरु गरेका हुन्।

डडेल्धुरामा आइतबार बेलुकीसम्म पिसिआर मेसिन पुग्ने भएको छ। सरकारको प्राथमिकतामा नपरेको डडेल्धुरामा मानवअधिकारकर्मी संस्थाको पहलमा कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने पिसिआर मेसिन डडेल्धुरा पुग्ने भएको डडेल्धुराका स्वास्थ्यकर्मी सघंका सुदूरपश्चिम सोयोजक प्रेमबहादुर महरले बताए। कोरोना जाँचका लागि संघीय र प्रदेश सरकारको प्राथमिकतामा डडेल्धुरा नपरेपछि मानवअधिकारकर्मी संस्थाको अगुवाईमा पिसिर मेसिन खरिद गर्न जनस्तरबाट आर्थिक संकलन अभियान थालिएको थियो।

जनस्तरबाट रकम संकलन गरि खरिद गरिएको पिसिआर मेसिन आइतबार बेलुकीसम्म डडेल्धुरा आई पुग्ने र हप्ता दिनभित्र सञ्चालनमा आएर कोरोना परिक्षण डडेल्धुराबाट नै गरिने उक्त मेसिन खरिदका अभियान्ता राजेन्द्र पनेरुले बताए। ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन काठमाडौंबाट ट्रकद्धारा ल्याउन लागिएको छ। फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवीलगायतका दाताहरुबाट रकम संकलन गरि मेसिन खरिद गरेको हो।

पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिनेछ। अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ। मेसिन पुगेपछि डडेल्धुरा अस्पतालमा जडान गरी कोरोना परिक्षण थालनी हुने अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. जगदिशचन्द्र बिष्टले बताए। मेसिन पुगेको एक साताभित्र जडानको काम सकेर परीक्षण सुरु हुने मेसु विष्टले जानकारी दिए। अहिले अस्पतालमा उपलब्ध जनशक्तिबाट नै उक्त मेसिन सचांलनमा ल्याउने डडेल्धुरा अस्पतालले जनायो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.