गोरखा छेकम्पारमा बाढीले ४ वटा पुल बगायो
गोरखा : तीनदिनदेखि लगातारको वर्षाका कारण आएको बाढीले छेकम्पारमा चारवटा पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–७ छेकम्पारको लार र लामागाउँ जोड्ने नाकी खोला पुल, ङाक्यु र लार जोड्ने ङोराङखोला पुल, छुले र लार जोड्ने छुलेखोला पुल र म्हु गुम्बा जोड्ने छुना खोला पुल बगाएको स्थानीय निमा लामाले जानकारी दिए ।
पुल बगाएपछि छुलेस्थिथ वडा कार्यालय पुग्न गाउँलेहरुलाई समस्या भएको छ । बाढीले चारवटै पुल आइतबार दिउँसो बगाएको लामाले बताए । मुख्यबाटोमा पर्ने सो पुल बगाएपछि लार र त्यसभन्दा माथिका बासिन्दालाई तल आउन र लामागाउँ र त्योभन्दा तलका बासिन्दालाई वडा कार्यालय जान समेत समस्या भएको स्थानीयको भनाइ छ।
चुमनुब्री गाउँपालिका–७ को छुले गाउँ ।
प्रतिक्रिया दिनुहोस !