पाल्पामा थप ५८ जनामा कोरोना सक्रमण
तानसेन : पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टाईले बताए ।
पूर्वखोला गाउँपालिकामा देखिएका ३७ जना नागरिक जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ का विभिन्न क्वारेन्टाइनमा बसेका थिए । हिजो मात्र पूर्वखोला गाउँपालिकामा ८० जनामा संक्रमण देखिएको थियो । गाउँपालिका भित्र मात्र सक्रमितको संख्या १ सय २९ पुगेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।
यसअघि रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भइ घर फर्किएका छन् । तानसेन नगरपालिकामा भने अहिलेसम्म एक जनामा पनि संक्रमण देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस !