ओमनबाट १६६ जनासँगै आएका धादिङका १ युवामा संक्रमण

ओमनबाट १६६ जनासँगै आएका धादिङका १ युवामा संक्रमण

धादिङ : ओमनमै पीसीआर गरेर नेगेटिभ आएपछि नेपाल फर्किएका धादिङका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनीसँगै आएका १ सय ६६ जना शंकाको घेरामा परेका छन् । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ का एक युवासहित १ सय ६६ जना नेपाली गत असार १ गते सलाम एयरको फ्लाइट नम्बर ओभी ४२७ मार्फत नेपाल आएका थिए । उनीसँगै धादिङकै ज्वालामुखी गाउँपालिकाका अर्का एक युवक पनि छन् ।

त्रिभुवन विमानस्थलबाट नेपाली सेनाले बसुन्धरा स्थित होल्डिङ सेन्टरमा लगेर सेनाकै गाडीमार्फत सोही दिन रात १२ बजे मलेखुसम्म ल्याइदिएका थिए । स्थानीय प्रहरीले राती १ बजे ती युवकलाई सदरमुकाम ल्याएका थिए । उनीसँगै ज्वालामुखी गाउँपालिकाका अर्का एक युवा पनि ओमन देखि नै सँगै आएको संक्रमित युवकले टेलिफोनमा बताए ।

राती १ बजेदेखि बिहान ८ बजेसम्म धादिङबेशी पुछारबजारको प्रहरी बिटमै सुरक्षाकर्मीको निगरानीमा बसेपछि गाउँपालिकाले पठाएको गाडीमा उनी गाउँमा पुगेका थिए । गाउँकै देउराली आधारभूत विद्यालयको क्वारेन्टाइनमा २ दिन बसेका उनी उक्त क्वारेन्टाइनमा भारतबाट आएको तर पीसीआर नगरेको ब्यक्ति पनि बस्ने भएपछि घरमै क्वारेन्टाइन बस्ने गरी गएका थिए । घर नजिकैको टहरोमा क्वारेन्टाइनमा बसिरहेका बेला वडा अध्यक्षमार्फत उनले आफूलाई संक्रमण भएको थाहा पाएका थिए ।

त्रिपुरा सुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले ओमनबाट आएका व्यक्तिमा पीसीआर गराउँदा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेका छन् । ओमनबाट आउने कसैलाई संक्रमण भएको खण्डमा कन्ट्याक ट्रेसिङ गर्न सजिलो हुने भनेर होल्डिङ सेन्टरमै नेपाली सेनाले नयाँ सिम उपलब्ध गराएको थियो । संक्रमण पुष्टि भएको खण्डमा तत्काल सम्पर्क गरिने तथा यसरी सिम लगेका जोकोहीलाई सक्रमण भेटिएमा कन्ट्रयाक ट्रेसिङ गरेर चेकजाँच गर्ने सजिलो हुने भने पनि आफूलाई संक्रमण भएको ३ दिन भइसक्दासमेत सँगै आएका अरु कसैलाई जानकारी नदिइएको र आफूलाई पनि सेनाले केही जानकारी नगराएको उनले बताए । 

‘मसँगै आएकाले मलाई फोन गरेर सोध्न थालिसके तर नेपाली सेनाले कसैलाई केही सोधेकै रहेनछ, मसँगै आएका अरुको अवस्था के हुन्छ त ?’, ती युवाले भने, ‘मसँगै आएका अरु साथीले मलाई फोन गरेर सोधेका छन्, तपाईंलाई सक्रमण भएछ, खै हाम्रो त खोजी भएकै छैन । अब हाम्रो अवस्था के हुन्छ त भन्छन्, म आफैँ छक्क छु ।  मैले के उत्तर दिनु ?’

गत असार ६ गते शनिबार उनले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र स्वाव दिएका थिए । उनको गत मंगलबार संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । ‘जेठ ३२ गते ओमनमा पीसीआर गर्दा नेगेटिभ आएको छ, असार ६ गते नेपालमा चेक गर्दा रिपोर्ट पोजिटिभ आएको छ’, उनले भने, ‘अब कहाँको रिपोर्टलाई आधिकारिक मान्ने मैले ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.