रुकुम घटना : न्यायको माग गर्दै आन्दोलन जारी

रुकुम घटना : न्यायको माग गर्दै आन्दोलन जारी

जाजरकोट : ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटना अझै सेलाएको छैन । पीडित परिवार र जाजरकोटका स्थानीयले न्यायको माग गर्दै आइतबार सदरमुकाम खलंगामा प्रर्दशन गरेका छन् । 

हत्यारालाई कारवाही गर, हामीलाई न्याय देउ, हाम्रो आन्दोलन जारी छ लगायतका नारासहित बजार परिक्रम गरेर घटनाको विरोध गरेका हुन् । सोती घटना संघर्ष समितिले शान्तिपूर्ण दवाव कायम राख्न प्रर्दशन गरिएको जनाएको छ । संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पीडितको न्यायका लागि दवावमुलक रुपमा प्रर्दशन गरिएको बताए । 'घटनालाई तोडमोड नहोस् र न्याय नमरोस् भनेर हामी निरन्तर खवरदारीमा छौं', उनले भने, ‘जातीय विभेदकै कारण भएको सामुहिक हत्या काण्डमा संलग्नलाई जन्मकैदको सजाय हुनुपर्छ । तब मात्र मृतकको आत्मले शान्ति पाउनेछ ।’

अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटनामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहित ६ जनाको ज्यान गएको थियो । त्यसमध्ये एक जना टीकाराम सुनार चौरजहारी र अरु पाँच जना जाजरकोटका थिए । मल्ल थरकी एक किशोरी भगाउन गएका केटाहरु माथि सोतीका गाँउलले आक्रमण गर्दा उनीहरुको ज्यान गएको थियो । 

रुकुम जिल्ला अदालतले वडाध्यक्ष डम्बरबहादुर मल्ल, किशोरीका बुवा र किशोरीसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । किशोरीकी आमालाई एक लाख धरौटीमा छोड्न आदेश दिए पनि धरौटी नबुझाएपछि उनलाई पनि कारागार चलान गरिएको छ । पाँचजना फरार छन् । ३४ जनालाई पक्राउ गरिएकोमा अन्यलाई सामान्य तारेखमा छाडिएको जिल्ला अदालत पश्चिम रुकुमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.