कर्णाली राजमार्गमा पहिरो : सडक अवरुद्ध, भर्खरै रोपाइँ गरेका खेत पुरिए

कर्णाली राजमार्गमा पहिरो : सडक अवरुद्ध, भर्खरै रोपाइँ गरेका खेत पुरिए

दैलेख : जाक्सी खोला नजिकै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शनिबार रातीदेखि परेको भारी वर्षाका कारण कर्णाली राजमार्गअन्तरगर्त दैलेखको आठबीस नगरपालिका-३ जाक्सी खोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्गबाटै निर्माण गरिएको सहायक सडकका कारण पहिरो गएको हो । पहिरोले राजमार्ग पुरिएपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यात्रुवाहक सवारी साधनको चाप नभए पनि मालबाहक गाडीहरु रोकिएका छन् । पहिरो पन्छाउन कुनै पहल नभएको स्थानीय बासिन्दाले
बताए।

नयाँ सहर आयोजना राकम कर्णालीले निर्माण गरेको जाक्सी जिरो पोइन्टदेखि तिलेपाटा क्याम्पस हुँदै सिगौडी जाने सडक खन्दा पहिरो गएको स्थानीय सुरेन्द्र कार्की बताए । 'आयोजनाले गुणस्तरहिन सडक निर्माण गरेका कारण वर्षा सुरु हुने वित्तिकै पहिरो गएको हो, 'उनले भने, 'फाउन्डेसन तयार नगरेरै ग्यावीन जाली भरिएको थियो, लगातारको बर्षातले तीनै ग्यावीन जाली बगायो र पहिरो गयो ।'

पहिरोले भर्खरै रोपाइँ गरेको खेत समेत पुरिएका छन् । स्थानीय १३ जना व्यक्तिको झण्डै २० रोपनी बढी खेत पुरेको जनाइएको छ।'केहि दिनअघि मात्रै रोपाई सकेका थियौं, एक स्थानीयले भने, 'सबै पहिरोले पुरिदियो ।' सामान्य पानी पर्दा पनि पहिलो खस्ने कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा राजमार्गमा यात्रुहरुले सास्ती खेप्नु परेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.