बागलुङमा एकै दिन ६८ जनाले कोरोना  जिते

बागलुङमा एकै दिन ६८ जनाले कोरोना  जिते

बागलुङ : जिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेका छन् । बागलुङ जिल्लाको धौलागिरी बहुमुखी क्याम्पस, धौलागिरी अस्पताल बागलुङ तथा नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका ६८ जनाकै पछिल्लो रिपोर्ट नेगेटिभ आएका कारण आइसोलेसनबाट डिस्चार्ज गरिएको हो । योसँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या ९२ पुगेको छ ।

धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ४२, धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा बसेका ११ जनालाई मंगलबार डिस्चार्ज गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । यसका साथै गलकोट नरेठाटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १५ जनालाई घर पठाइएको गलकोट नगरपालिकाका प्रवक्ता  हिमबहादुर भण्डारीले बताए । 

बागलुङ जिल्लामा मंगलबारसम्म कुल १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ सय २ जना अझै पनि जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । 

विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्ड अनुसार १० दिनमा कुनै लक्षण नदिएको हकमा संक्रमण नसर्ने तथ्यलाई आधार बनाएर आइसोलेसनबाटै नेपाल सरकारले १४ दिनमा घर फिर्ता पठाउन निर्देशन दिएको थियो । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइसोलेसनमा उपचाररत संक्रमितको पछिल्लो रिपोर्ट नआइ घर नपठाउन निर्देशन दिएपछि सोही अनुसार डिस्चार्ज गर्ने गरिएको छ । यसरी घर पठाइएकाहरुलाई पनि थप दुई साता होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको डा.पोखरेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.